Presidential

‘मुसा प्रवृत्ति’को निरन्तरता कमल थापाः कहिले राष्ट्रवादी, कहिले लम्पसारवादी !


‘मुसा प्रवृत्ति’को निरन्तरता कमल थापाः कहिले राष्ट्रवादी, कहिले लम्पसारवादी !

'गाईलाई सत्ताको हरिया घाँस भए पुग्छ'

बजारमा फेरि एकाएक कमल थापाको भाउ बढेको छ । पहिला उपप्रधानमन्त्रीसहित चार मन्त्रालय मागेका थापाले संविधान संशोधनको प्रसंग चल्नासाथ पाँच मन्त्रालयको माग गर्नुभएको छ । मधेसी दलका नाममा भारतले नेपालको संविधानमा गर्न चाहेको संशोधनमा आफूले सघाउने बचनसहित थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरे पनि उहाँकै पार्टीभित्र चाहिँ एकमत छैन ।

केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रहनुभएका थाहा ओलीभन्दा चर्को रुपमा प्रस्तुत भएको धेरै भएको छैन । जेनेभामा आयोजित राष्ट्रसंघीय मानवअधिकार आयोगको आवधिक सम्मेलनमा भारतीय पक्षले नेपालको संविधानका कारण मानवअधिकार उल्लंघन भएको हावादारी कुरा गरेपछि त्यसलाई काउन्टर गर्दै थापाले के हामीलाई हाम्रो संविधान आफैँ बनाउने अधिकार छैन भन्ने प्रश्न गर्दै विश्वलाई झक्झक्याउनुभएको पनि धेरैले बिर्सेका छैनन् । तर, आज मधेसी दलहरुलाई चित्त बुझाउन अघि सारिएको संशोधन प्रस्तावका पक्षमा समर्थन देखाउने कमल थापा पनि उहाँ नै हो भन्ने चाहिँ पत्याउन धेरैलाई मुश्किल परे पनि वास्तविकता हो ।
यो सबै किन भइरहेको छ ? कमल थापालाई नजिकबाट जान्नेहरु यसमा दुईवटा तर्क गर्दछन्ः

पहिलो, कमल थापा पञ्चायतकालदेखि नै भारतले विश्वास गरेका व्यक्ति हुनुहुन्छ । तत्कालीन राजा ज्ञानेन्द्रको मन्त्रिपरिषद्मा थापालाई गृहमन्त्री बनाउनुको कारण पनि भारतलाई खुसी पार्नकै लागि थियो भन्ने बुझाइ त्यही मन्त्रिपरिषद्मा बसेकाको छ । उक्त स्रोत भन्छ, ‘स्वयम् ज्ञानेन्द्र शाहको बुझाइ पनि कमल थापाले भारतसँग कुरा मिलाउन सक्नुहुन्छ भन्ने थियो ।’

स्रोत भन्छ, ‘कमल थापाले नेपालका लागि आवश्यक पर्दा प्रयोग गरेका धर्मगुरु र सूत्रहरु भारतलाई आवश्यक पर्दा कमल थापामाथि प्रयोग हुँदैनन् र ? अहिले त्यही भइरहेको छ र भारतको स्वार्थ पूरा गर्न कमल थापा प्रयोग भइरहेका छन् ।’

पछि केपी ओलीको सरकारमा थापालाई परराष्ट्रमन्त्री बनाउनमा पनि कतै न कतै यही कारणलले काम गरेको हुन सक्ने बुझाइ छ । एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेपछि भारतसँगको सम्बन्ध सहज बनाउन उपयुक्त मान्छेका रुपमा थापा चयन हुनुभएको थियो । एमालेसँग परराष्ट्र मन्त्रालय रहेका ओलीभन्दा पनि प्रखर राष्ट्रवादीको छवि बनाउनुभएका भीम रावल परराष्ट्रमन्त्री बन्ने भएकाले सुरुमै राप्रपालाई उक्त मन्त्रालय दिइएको बुझाइ छ । थापाले काम पनि नगर्नुभएको होइन । नेपालमै व्यापार गरिरहेका भारतीय मूलका व्यापारीलाई प्रयोग गरेर धर्मगुरु रविशंकरमार्फत भारतीय माथिल्लो नेतृत्वसँग कुराकानी गर्दै चार बुँदे ननपेपर बुझाएर भए पनि स्थिति सहज बनाउन भूमिका निर्वाह गर्नुभएको थियो । स्रोत भन्छ, ‘कमल थापाले नेपालका लागि आवश्यक पर्दा प्रयोग गरेका धर्मगुरु र सूत्रहरु भारतलाई आवश्यक पर्दा कमल थापामाथि प्रयोग हुँदैनन् र ? अहिले त्यही भइरहेको छ र भारतको स्वार्थ पूरा गर्न कमल थापा प्रयोग भइरहेका छन् ।’

दोस्रो, कमल थापा सत्ताका लागि जे गर्न पनि पछि नपर्ने व्यक्ति हुनुहुन्छ । ०५४ सालमा आफ्नै पार्टीका नेता लोकन्द्रबहादुर चन्द एमाालेलाई साथमा लिएर प्रधानमन्त्री भएको बेला कमल थापा स्थानीय विकासमन्त्री हुनुहुन्थ्यो । तर, जब कांग्रेसले उहाँका विरुद्धमा अविश्वास प्रस्ताव ल्यायो, त्यही सरकारको मन्त्रीको झण्डा हल्लाउँदै संसद् गएर थापाले सरकारकै विरुद्धमा अविश्वासको मत हाल्नुभयो । अहिले पनि त्यही प्रवृत्ति देखा परेको छ । कमल थापा ओली सरकारका हर्ताकर्ता हुनुहुन्थ्यो तर जब ओलीको सरकार अर्थात् आफ्नै सरकार ढालेर पुष्पकमल दाहालको सरकार बन्दा पनि उहाँ त्यही सरकारमा सहभागी हुन पछि पर्नुभएन ।

जुन सरकार आए पनि उपप्रधानमन्त्री भइहाल्ने थापाको जिल्ला मकवानपुर, सत्ताका सदाबहार खेलाडी दीपक बोहोराको रुपन्देहीका साथै यसबीचमा मन्त्री भएका विक्रम पाण्डेको चितवन, सुनील थापाको धनकुटा कतै पनि राप्रपाले एक सिट जित्न सकेन ।

कमल थापाको अस्थिर र अवसरवादी राजनीति राप्रपालाई कहाँ पुर्याउँदैछ भन्ने संकेत निर्वाचनले दिएको छ । पहिलो चरणको स्थानीय निर्वाचनमा एक सिटमा सीमित राप्रपाको लाज दोस्रो चरणमा नेपालगञ्जमा धवलशम्शेर राणा र झापामा राजेन्द्र लिंगदेनले जोगाइदिनुभएको छ । जुन सरकार आए पनि उपप्रधानमन्त्री भइहाल्ने थापाको जिल्ला मकवानपुर, सत्ताका सदाबहार खेलाडी दीपक बोहोराको रुपन्देहीका साथै यसबीचमा मन्त्री भएका विक्रम पाण्डेको चितवन, सुनील थापाको धनकुटा कतै पनि राप्रपाले एक सिट जित्न सकेन ।

कमल थापाको राजनीतिलाई नजिकबाट चिन्ने एक पूर्वमन्त्रीले सटिक टिप्पणी गरे, ‘कमल थापाको गाईलाई सत्ताको हरियो घाँस भए पुग्छ, त्यो घाँस ओली, दाहाल वा देउवा कसले हालेको हो, मतलब हुन्न ।’

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार