Presidential

गोविन्दको ‘कुलकुल’ सार्वजनिक


गोविन्दको ‘कुलकुल’ सार्वजनिक

२६ असार । वरिष्ठ गीतकार रत्नशमशेर थापाले गीति–एलबम ‘कुलकुल’ को विमोचन गर्नुभएको छ । थापाले सो एलबमको अडियो एवं भिडियो संस्करण सार्वजनिक गर्नुभएको हो ।

गीतकार गोविन्दराज सिवाकोटीको एकल शब्द रचना रहेको सो एलबममा जीवनपरक गीतहरु रहेका छन् । सो एलबमका सबै गीतमा कृष्ण भट्टराईको स्वर रहेको छ । एलबमका गीतहरुमा शंकर थापा, अर्जुन पोखरेल र धनु ग्याङ्मीको संगीत रहेका छन् ।

सो एलबमा ‘कुलकुल’, ‘तिमीलाई नदेख्दा’, ‘आज फेरि’ जस्ता गीतहरु रहेका छन् ।

सो एलबम विमोचन समारोहमा गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा, संगीतकार सुरेश अधिकारी र गीतकार सिवाकोटीलगायतले नेपाली गीत–संगीतबारे चर्चा गर्नुभएको थियो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार