Presidential

विवादास्पद दिनेश भट्टराई पुनः प्रधानमन्त्रीको विदेश सल्लाहकार, पदका लागि गुट नै परिवर्तन


विवादास्पद दिनेश भट्टराई पुनः प्रधानमन्त्रीको विदेश सल्लाहकार, पदका लागि गुट नै परिवर्तन

२७ असार । सुशील कोइराला प्रधानमन्त्री हुँदा विदेश सल्लाहकार रहेका दिनेश भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवाको विदेश मामिला सल्लाहकारमा नियुक्त भएका छन् । उनको नियुक्तिलाई कुटनीतिक क्षेत्रमा अस्वाभाविक र पदका लागि मानिस कतिसम्म गिर्न सक्दोरहेछ भन्ने रुपमा हेरिएको छ ।

सुशील कोइराला प्रधानमन्त्री हुँदा विदेश मामिला सल्लाहकारका रुपमा भट्टराई विवादित र आलोचित थिए । उनीमाथि सामान्य कुटनीतिक मर्यादा कायम गर्न नसेकको मात्र नभई परराष्ट्र मन्त्रालयमा अनावश्यक हस्तक्षेप गरेको भन्दै प्रधानमन्त्रीसमक्ष उजुरी परेको थियो ।

तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले प्रधानमन्त्रीका तर्फबाट भन्दै भट्टराईले अनाधिकृत रुपमा आफ्नो मन्त्रालयमा हस्तक्षेप गरिरहेको भन्दै कडा आपत्ति जनाएपछि बल्ल उनी ठेगान लागेका थिए ।

त्यतिबेला राजदूत नियुक्ति प्रक्रियामा लम्ब्याउनमा पनि भट्टराईले विशेष भूमिका निर्वाह गरेका थिए । आफू राजदूत भएर जान मरिहत्ते गरेका उनको नाममा परराष्ट्रमन्त्री सहमत नभएपछि उनले प्रधानमन्त्री कोइुरालालाई कुनै पनि हालतमा अहिले राजदूत नियुक्त गर्नु हुुन्न भन्दै उक्साएका थिए । त्यही भएर कोइरालाको कार्यकालभरि भारत र अमेरिकाबाहेक कतै राजदूत नियुक्त हुन सकेनन् । जबकि, १२ देशमा राजदूत खाली थिए ।

कोइरालापछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको कार्यकालमा राजदूत नियुक्त गर्दा पनि भट्टराईले भाँजो हाल्न निकै कोसिस गरेका थिए । विपक्षी दललाई पनि भाग चाहिन्छ भनेर लबिंग गर्दा पनि पाउने स्थिति नभएपछि उनी चुप लाग्न बाध्य भएका थिए । पछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले राजदूत नियुक्त गर्दा उनले बेलायतको राजदूतका लागि कांग्रेसका नेताहरुको घर चाहरेका थिए । उनका परिवारका सदस्यहरु पीआर लिएर बेलायतमै बस्छन् ।

पदका लागि गुट नै परिवर्तन

मान्छे पदका लागि कतिसम्म गर्न सक्दोरहेछ भन्ने उदाहरण दिनेश भट्टराई बनेका छन् । सुशील कोइराला जीवित हुँदासम्म उनी कोइराला गुटका कांग्रेस थिए । उनी कोइरालाको सल्लाहकार मात्र भएनन्, गत महाधिवेशनमा देउवा गुटका विरुद्ध अर्घाखाँचीबाट रामचन्द्र पौडेलले नेतृत्व गरेको गुटबाट उनी महाधिवेशन प्रतिनिधि नै लडेका थिए । तर, भारी मतले पराजित भए । अहिले तिनै भट्टराई गुट परिवर्तन गरेर देउवातिर लागेका छन् ।

विवादास्पद पृष्ठभूमि

०५१ सालमा दिल्लीस्थित नेपाली दूताबासमा कार्यरत रहँदा तस्करीमा संलग्न भएको प्रमाणसहित उनलाई भारतबाट फिर्ता बोलाइएको थियो । त्यसयता कुटनीतिक क्षेत्रमा सधैँ उनलाई शंकाको दृष्टिले हेर्ने गरिन्छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार