Presidential

नेपालले प्रस्ताव गरेकै विन्दुबाट ओबोर जोड्न छलफल आवश्यकः चिनियाँ नेता


नेपालले प्रस्ताव गरेकै विन्दुबाट ओबोर जोड्न छलफल आवश्यकः चिनियाँ नेता

२९ असार । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका पूर्वउपमन्त्री तथा चाइनिज एसोसियसन फर इन्टरनेसनल अन्डरस्ट्यान्डिङका उपसभापति लिउ हङकाईले चीनले अघि सारेको वान बेल्ट, वान रोड (ओबोर) बाट नेपालले प्रशस्त लाभ लिन सक्ने बताउनुभएको छ ।

नेपाल विश्व सम्बन्ध परिषद्ले बिहीबार ललितपुरमा आयोजना गरेको ‘प्रोमोटिङ पिपुल टु पिपुल रिलेसन्सः आइडियाज अन वान बेल्ट एन्ड वान रोड इनिसियटिभ’ विषय अन्तत्र्रिmयामा बोल्दै उहाँले भन्नुभयो, ‘नेपालले चाहेकै विन्दुबाट ओबोर जोड्नका लागि छलफल आवश्यक छ ।’

उक्त अवसरमा उहाँले नेपाल सरकारले भर्खरै ओबोरमा हस्ताक्षर गरी विकासको ढोका खोलेकोमा खुसी व्यक्त गर्नुभयो । चीनले ओबोर कार्यक्रममार्फत नेपालको पूर्वाधार, आर्थिक, सामाजिक, सञ्चार, प्रविधिजस्ता विविध क्षेत्रमा सहयोग गर्ने बताउनु भयो । उक्त अवसरमा नेपाल सरकारले प्रस्ताव गरेकै विन्दुबाट ओबोर लिंक गर्न आपसी समझदारीको आधारमा टुंग्याउनुपर्ने कुरा पूर्वउपमन्त्री लिउले बताउनु भयो । ओबोरको हस्ताक्षरपछि नेपालले कुनकुन क्षेत्रमा चीनको सहयोग लिने हो स्पष्ट खाका तयार गर्नुपर्ने र सोहीअनुसार चीनले पनि नेपालको पूर्वाधार विकासमा निःस्वार्थ सहयोग गर्ने कुरा स्पष्ट पार्नुभयो ।

चीनले नेपालको विकासको लागि यसअघि गरेका औद्योगिक विकासको परिचर्चा गर्दै लिउले चीनले सदैव नेपालको हित सोचेको र कुनै पनि अवस्थामा नेपाललाई वीनवीन अवस्थामा सहयोग गर्ने र जसको लागि नेपालको आन्तरिक राजनीतिमा स्थायित्व हुनुपर्ने कुरा बताउनु भयो । नेपाल र नेपाली जनताको चाहनाअनुरुप सरकारले ओबोरको फ्रेमवर्क एग्रिमेन्टमा सम्झौता गरिसकेको र यसले नेपालको समृद्धिमा ठूलो सहयोग पुग्ने बताउनु भयो ।

विश्वका विभिन्न देशका संघसंगठनहरु पनि ओबोरको सदस्य रहेको चर्चा गर्दै नेपाल भ्रमणको लागि उचित वातावरण तयार गरेकोमा परिषद्को सह्राहना पनि उपमन्त्री लिउले गर्नु भएको थियो । ओबोरले देश–देश बीचमा मात्र नभई जनता–जनताका बीचको सम्बन्ध अझ मजवुुत हुने कुरा पनि उहाँले बताउनु भयो

सो कार्यक्रमका नेपाल विश्व सम्बन्ध परिषद्का अध्यक्ष हेमन्त खरेलले नेपाल सरकारले ओवोरमा हस्ताक्षर गरिसकेकोले चीनले असल छिमेकी नेपालको पूर्वाधार विकासमा सहयोग गरी आर्थिक समृद्धिमा टेवा पु¥याउने खालको विकासमा सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । ओवोर सम्झौताको फ्रेमवर्क एग्रिमेन्टमा उल्लेख भएका विभिन्न कोर कम्पोनेन्टहरुको विकासको लागि कार्य योजना बनाएर अगाडि बढ्नुपर्ने पनि खरेलले बताउनु भयो ।

नेपाल सरकारले केही दिन अघिमात्र ओवोरमा हस्ताक्षर गरेको सन्दर्भमा जनस्तरमा ओवोरको प्रतिक्रिया र अवधारणासमेत बुझ्ने अभिप्रायले ६ सदस्यीय उक्त टोलीले नेपालको भ्रमण गरेको थियो । नेपाल बसाइँको क्रममा उक्त टोलीले विभिन्न उच्च राजनैतिक भेटघाट गरी ओवोरमा नेपालको धारणा बुझ्ने कार्यक्रम पनि रहेको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार