Presidential

नबिल बैंकको १००औं ए.टि.एम सञ्चालन


नबिल बैंकको १००औं ए.टि.एम सञ्चालन

२९ असार । नबिल बैंकले ४ वटा नयाँ एटिएमहरु रुद्रेश्वर चोक, बुढानिलकण्ठ, पुतलिसडक, होटेल भिशुवा, वीरगञ्ज तथा पर्सा चोक, लुम्बिनी (लुम्बिनी सम्पदा क्षेत्रको प्रवेश द्वारनजिक) मा स्थानीय बासिन्दाहरुको सेवा सुविधाका लागि थप गरेको छ । यससँगै बैंकको एटिएम सञ्जाल काठमाडौं उपत्यकाभित्र ५४ वटा र उपत्यका बाहिर ४६ वटा ग©ी कुल १ सयवटा एटिएम संख्या पुगेको छ । भिषा कार्ड, माष्टर कार्ड, युनियन पे अन्तर्राष्ट्रिय कार्ड (स्थानीय तथा अन्तर्राष्ट्रिय) र एससिटि कुनै पनि कार्ड बाहकहरूले उक्त एटिएमहरुबाट नगद झिक्ने तथा एटिएमका अन्य सुविधाहरु उपभोग गर्न सक्ने जनाइएको छ ।

बैंकका अध्यक्ष शम्भुप्रसाद पौड््यालले १००औं एटिएमको उद्घाटन गर्दै भन्नुभयो ‘ग्राहक सुविधा उपलब्धताको लागि धेरै सेवा केन्द्र विस्तार गर्ने प्रतिबद्धताअनुरुप चार एटिएम थप गर्दा हामीलाई खुसी लागेको छ । व्यावसायिक र प्रभावकारी बैंकिङ सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यक्ता घरदैलोमै परिपुर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता रहनेछ ।’

मुलुकको निजी Ôेत्रबाट पहिलो संयुक्त लगानीको बैंकको रुपमा स्थापित नबिल बैंकले उपभोक्ताको आवश्यकतामा आधारित विविधतायुक्त सेवा÷सुविधा प्रदान गर्ने कार्यमा सदैव अग्रणी भूमिका खेल्दै आएको सो बैंकद्वारा जारी विज्ञप्तिमा बताइएको छ । नवीन प्रविधिको ग्रहण, वासलातको आकार र गुणस्तर, शाखाहरु र एटिमहरुको व्यापक सञ्जाल र ग्राहकहरुकोे सन्तुष्टि प्रति समर्पित पारङ्गत दक्ष पेशाकर्मीहरु नै नबिल बैंक सधैं अग्रणी बैंक बन्नुको आधार रहेको उल्लेख गर्दै नयाँ र नवीनतम सेवाहरु एवं योजनाहरु ग्राहकहरु समक्ष प्रस्तुत गर्न नबिल बैंक सदा अग्रणी रहने पनि जनाइएको छ ।

नबिल बैंकले ५२ वटा शाखाहरु र १ विस्तारित काउन्टरको वृहत् सञ्जाल, १०० वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरुसँगै अघि बढ्ने विश्वास राखेको पनि बताइएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार