Presidential

कर फस्र्यौट प्रकरणः चूडामणिसँग १० अर्ब माग, रामशरणलाई उन्मुक्ति !


कर फस्र्यौट प्रकरणः चूडामणिसँग १० अर्ब माग, रामशरणलाई उन्मुक्ति !

१ साउन । कर फस्र्यौट आयोगले कर मिनाहा गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त आयोगका तत्कालीन पदाधिकारीविरुद्ध १० अर्ब भ्रष्टाचारको मुद्दा दायर गरेको छ । तर, त्यसरी आयोग गठन गर्ने तत्कालीन अर्थमन्त्री रामशरण महतलाई पनि पूरै उन्मुक्ति दिइएको छ ।

रामशरण महत अर्थमन्त्री हुँदा उनले प्राथमिकतासाथ यस्तो आयोग गठन गर्ने गरेका छन् । कर फस्र्यौट आयोग ऐन २०३३ बमोजिम त्यस्तो आयोग गठन गरी मनपरी कर छुट दिएर अर्बौं रकम कुम्ल्याउने कामको नेतृत्व महतले गर्दै आएका छन् ।

जसरी सुडान काण्डमा प्रहरी अधिकारीहरुका विरुद्ध मात्र मुद्दा चलाएर तत्कालीन राजनीतिक नेतृत्वलाई चोख्याइयो, त्यसरी नै यसपटक पनि आयोगका पदाधिकारीविरुद्ध मात्र मुद्दा चलाएर महतलाई पूरै चोख्याइएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार