Presidential

प्रेस काउन्सिल अध्यक्षलाई सदस्यहरुद्वारा २४ घण्टे अल्टिमेटम


प्रेस काउन्सिल अध्यक्षलाई सदस्यहरुद्वारा २४ घण्टे अल्टिमेटम

१ साउन । प्रेस काउन्सिल नेपालका अध्यक्ष भवानी बराललाई सदस्यहरुले २४ घण्टाभित्र बैठक बोलाउन लिखित अल्टिमेटम दिएका छन् । एक महिनापछि शुक्रबार विहान ९ बजे बोलाइएको बैठक अध्यक्ष बरालले २७ मिनेट पहिला स्थगित गरेपछि आक्रोशित भएका सदस्यहरुले आइतबार पत्र लेखेका हुन् ।

११ सदस्यीय बोर्डका सदस्यहरुले काउन्सिलको बैठक नै नबोलाउने, बोलाए पनि अन्तिम क्षणमा स्थगित गर्ने गरेकोमा दिक्दारी व्यक्त गर्दै अध्यक्ष स्वयम्का अभिव्यक्तिका बारेमा समेत छलफल गर्नुपर्ने कारण उल्लेख गरेका छन् ।

बराल आफू अध्यक्ष हुनासाथ उनी शाही शासनका पक्षपाती रहेको भन्दै टिप्पणी लेख्ने पत्रकारलाई बाहुनवादी खिच्चा कुकुरको संज्ञा दिएर विवादमा आएका थिए । उनको योग्यताका बारेमा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर मुद्दा विचाराधीन छ । हालै मात्र उनी हुबहुमा परेको एक पत्रिकाको वार्षिकोत्सवमा सहभागी भएका छन् ।

बैठक माग गर्नेहरु सदस्यहरुमा किशोर श्रेष्ठ, डा. महेन्द्र विष्ट, सुदर्शन आचार्य, शुभेच्छा विन्दु, गोविन्द चौलागाईं, चेतनाथ आचार्य र संगीता खड्का छन् । काउन्सिलमा अध्यक्षसहित ११ सदस्य छन् । हस्ताक्षर हुन बाँकी रहेका सदस्यहरुको पनि समर्थन रहेको बताइएको छ ।

यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा अध्यक्ष बरालसँग सम्पर्क हुन सकेन ।

20067798_10212642750531230_1717224234_n

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार