Presidential

मध्य मधेसमा पनि एमाले नै पहिलो शक्ति बन्ने निश्चित


मध्य मधेसमा पनि एमाले नै पहिलो शक्ति बन्ने निश्चित

२ साउन । आजको ठीक २ महिनापछि स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत २ नम्बर प्रदेशको निर्वाचन हुँदैछ । असन्तुष्ट राष्ट्रिय जनता पार्टीले संविधान संशोधन र मधेसमा स्थानीय तहको संख्या बढाउनुपर्ने माग पूरा नभएसम्म निर्वाचन हुन नदिने अडान लिएपछि गत असार १४ गते नै तोकिएको सो प्रदेशको निर्वाचन असोज २ गतेका निम्ति सारिएको थियो ।

पछिल्लो समय राजपा निर्वाचन आयोगमा दर्ता भएको हुँदा र संविधान संशोधनबाहेक अरु माग सरकारले पूरा गरे असोज २ गतेको निर्वाचनमा भाग लिने संकेत दिएको हुँदा सो प्रदेशका ८ जिल्लामा चुनाव हुने सम्भावना बढेको छ । चुनावको सम्भावना बढेसँगै प्रमुख राजनीतिक दलहरु सो प्रदेशको चुनावी परिणाम आफ्नो पक्षमा पार्न विभिन्न चुनावी रणनीतिमा जुटेका छन् ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो स्थान ल्याएको एमालेले २ नम्बर प्रदेशमा पनि पहिलो स्थान नै ल्याउने गरी अहिलेदेखि नै तयारी थालेको छ । आइतबार बसेको एमाले स्थायी समितिको बैठकले एउटा प्रस्ताव नै पारित गर्दै भनेको छ, ‘आगामी असोज २ गते हुन गइरहेको प्रदेश नम्बर २ को निर्वाचनको सम्पूर्ण तयारीमा जुट्नका लागि प्रदेश नम्बर २ अन्तर्गतका पार्टी कमिटी, जनसंगठन र नेता–कार्यकर्ताहरुलाई हाम्रो पार्टी निर्देशित गर्दछ । साथै, यसअघि सम्पन्न दुवै चरणका निर्वाचनमा झैं प्रदेश नम्बर २ को निर्वाचनमा पनि पहिलो स्थानमा विजय हासिल गर्नका लागि एकताबद्ध भएर परिचालन हुन हाम्रो पार्टी संकल्प गर्दछ ।’

त्यसो त, दोस्रो चरणको निर्वाचनमा मधेसमा ११ जिल्लामा एमालेले नै पहिलो स्थान पाएको थियो । मधेसका ११ जिल्लाका ५३ तहमा एमालेले जितेको थियो भने कांग्रेसले ४० स्थानमा मात्र चुनाव जितेको थियो । माओवादी केन्द्रले भने १३ स्थानमा मात्र मधेसमा चुनाव जितेको थियो ।

एमालेको पक्षमा देशव्यापी रुपमै लहर आइरहेको हुँदा प्रदेश नं. २ को निर्वाचनमा पनि एमाले नै पहिलो शक्ति बन्ने अनुमान लगाइरहेकै बेला दुवै चरणको निर्वाचनमा दोस्रो स्थानमा सीमित कांग्रेसले भने बाँकी रहेको प्रदेश नं. २ को निर्वाचनमा पहिलो हुने गरी तयारी थालेको छ । सो प्रदेशलाई कांग्रेसले पहिलेदेखि नै आफ्नो गढको रुपमा लिँदै आएको छ । कांग्रेसलाई राजनीतिक रुपले जहिले पनि माथि उठाउँदै आएको जनकपुर क्षेत्र सोही प्रदेशमा पर्ने भएको हुँदा कांग्रेसले सो प्रदेशबाट धेरै अपेक्षा राखेको देखिन्छ । तर, शेरबहादुर देउवा प्रधानमन्त्रीमा आसिन भएपछि मधेसी दलहरु कांग्रेससँग क्षुब्ध रहेका हुँदा त्यसको प्रभाव र असर चुनावमा पर्ने स्पष्ट देखिएको छ ।

त्यस्तै, माओवादी केन्द्रले पनि २ नम्बर प्रदेशमा राम्रो स्थान ल्याउने गरी अहिलेदेखि नै व्यापक रुपमा तयारी थालेको छ । दुई चरणको निर्वाचनमा तेस्रो स्थानमा रहे पनि अपेक्षाकृत रुपमा चुनावमा सफलता नपाएको निष्कर्षमा पुगेको माओवादी केन्द्रले २ नम्बर प्रदेशको निर्वाचनमा भने सबै शक्ति परिचालित गर्ने टुंगो गरेको छ ।

२ नम्बर प्रदेशमा बढीभन्दा बढी चुनावी सफलता हासिल गर्न माओवादी केन्द्रले आज केन्द्रीय सचिवालयको बैठक डाकेको छ । निर्वाचनलाई नै केन्द्रित गरेर साउनदेखि नै सो प्रदेशमा प्रशिक्षण चलाउने निचोडमा पनि माओवादी केन्द्र पुगेको छ । माओवादी केन्द्रले सबै शक्ति परिचालित गरेर सो प्रदेशमा दोस्रो शक्ति बन्ने गरी तयारी थालेको बताइन्छ ।

एमालेले पनि सो प्रदेशमा पहिलो शक्ति बन्ने गरी चुनावी अभियान सुरु गर्न लागेको छ । पछिल्लो समय, एमालेलाई मधेसमा अवरोध पु¥याउँदै आइरहेको राजपासँग सम्बन्ध सुधार हुँदै गएको हुँदा एमालेले मधेसका जनताबीच पुगेर आफ्ना कुरा राख्न पाए भने मात्र पनि एमाले पहिलो शक्तिकै रुपमा मधेसमा उदाउने अपेक्षा गर्न थालिएको छ । त्यसो त, दोस्रो चरणको निर्वाचनमा मधेसमा ११ जिल्लामा एमालेले नै पहिलो स्थान पाएको थियो । मधेसका ११ जिल्लाका ५३ तहमा एमालेले जितेको थियो भने कांग्रेसले ४० स्थानमा मात्र चुनाव जितेको थियो । माओवादी केन्द्रले भने १३ स्थानमा मात्र मधेसमा चुनाव जितेको थियो ।

त्यस्तै, एमालेले सरकारको नेतृत्व लिएको बेला तराई–मधेसको विकासमा देखाएको सक्रियताले पनि मधेसका मतदाताको मन जित्ने अपेक्षा गरिएको छ । विगतमा एमाले सरकारमा हुँदा मधेसको विकासमा बहुआयामिक महत्व राख्ने ठूला–ठूला योजनाहरु निर्माणमा ध्यान दिएको थियो । २ नम्बर प्रदेशमा सडक सञ्जाल विस्तार गर्ने, सिँचाइ, नहर, अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठूलो बजेट छुट्याउने काम एमाले नेतृत्वको सरकारकै बेलामा भएको थियो ।

एमाले, कांग्रेस र माओवादी केन्द्रले २ नम्बर प्रदेशमा चुनावका लागि ध्यान केन्द्रित गरिरहेकै बेला राजपा, संघीय समाजवादीलगायत दलहरुले पनि सक्रियता देखाउन थालेका छन् । त्यसो त, सो प्रदेशका अधिकांश तहमा एमाले, माओवादी केन्द्र र संघीय समाजवादीले यसअघि नै उम्मेदवार चयन गरिसकेका छन् । तर, कांग्रेस र राजपाले भने उम्मेदवार चयन गरेका छैनन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार