Presidential

चन्द्रागिरिमा रमाए भारतका चर्चित गायक कुमार सानु


चन्द्रागिरिमा रमाए भारतका चर्चित गायक कुमार सानु

२ साउन । नेपालमा सांगीतिक कन्सर्ट गर्न आएका भारतका चर्चित गायक कुमार सानुले आइतबार चन्द्रागिरिको भ्रमण गरेका छन् । भ्रमणमा क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृश्यहरुको पनि सानुले अवलोकन गरेका थिए । ५९ वर्षिय सानुलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रबन्धक अभिषेकविक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

सानुले चन्द्रागिरि भ्रमणबारे प्रतिक्रिया दिँदै स्वच्छ वातावरण तथा हिमालको काखमा आउन पाउँदा धेरै खुसी भएको बताए । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा उक्त कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

  • सहरमा बाँच्न मर्न जान्नुपर्छ

    सहरमा बाँच्न मर्न जान्नुपर्छ

    हो, सहरले उसलाई पटकपटक ठगेको छ । यो सहरका मान्छेहरू मतलबी र स्वार्थी छन् । यो कुरा उसले साँचै भनेको हो । उसले ..

  • ‘तपाईँहरूले मैले गर्न नसक्ने कुरा माग्नुहुन्छ कि भन्ने डर लागेको थियो । यो समस्या त मेरा लागि केही होइन, बायाँ..

  • यस्तो हुनुहुन्थ्यो राजेश्वर देवकोटा

    यस्तो हुनुहुन्थ्यो राजेश्वर देवकोटा

    बागबजारको सडकमा बराबर एक जोर मान्छे हिंडेका देखिन्थे । एक जना निकै अग्ला, डम्म जिउडाल भएका र अर्का चाहिँ निकै ..

  • अमर शाहका दुई कविता

    अमर शाहका दुई कविता

    यसरी फर्कदा जन्म गाउँमा लामो अन्तरालपछि खाटा बस्दै गरेको घाउ कन्याएझैं गरिरहेछु अनुभव लगातार पीडा र आनन्दको..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार