Presidential

एनआईसी एसिया बैंकद्वारा वृक्षारोपण कार्यक्रम


एनआईसी एसिया बैंकद्वारा वृक्षारोपण कार्यक्रम

२ साउन । एनआईसी एसिया बैंकको लेखनाथ शाखा कार्यालयद्वारा आइतबार लेखनाथ, पोखरास्थित पोखरा विश्वविद्यालयको परिसरमा करिब ६ सय बिरुवाहरुको वृक्षारोपण गरेर आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पु¥याएको छ ।

उक्त बैंकले देशभरि रहेका आफ्ना शाखा कार्यालयहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपण एवं सोको यथोचित संरक्षणका लागि उपयुक्त स्थान छनौट गरी सम्बन्धित संस्था वा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको छ । यस्तो वृक्षारोपणबाट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व मार्फत वातावरणीय सन्तुलन र हरियाली कायम गर्न योगदान पु¥याउने विश्वास लिएको छ बंैकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार