Presidential

एमालेले गरायो निर्वाचन आयोगलाई ध्यानाकर्षण


एमालेले गरायो निर्वाचन आयोगलाई ध्यानाकर्षण

मतदाताको सुविधा, सहजता र सरोकारबारे सजग

२ साउन । नेकपा (एमाले) ले मतदाता नामावली अद्यावधिक गर्ने विषयमा निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ । एमाले संसदीय दलका उपनेता एवं स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले आज प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलाई भेटी सो ध्यानाकर्षण गराएका हुन् ।

एमालेले नेपालको संविधान बमोजिम स्थानीय तह, प्रदेश र संघीय व्यवस्थापिकाको निर्वाचन २०७४ माघ ७ गतेभित्र अनिवार्य रुपमा सम्पन्न गरिनुपर्छ भन्ने कुरामा जोड दिँदै केही विषयहरुबारे निर्वाचन आयोगको निरन्तर पहल तथा प्रयासको लागि माग गरेको छ । संसदीय दलका उपनेता नेम्बाङद्वारा बुझाइएको ध्यानाकर्षण पत्रमा निर्वाचनका लागि आवश्यक मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा आम मतदाताको सुविधा, सहजता र सरोकार समेतलाई दृष्टिगत गरी पर्याप्त समय र उपर्युक्त तथा आवश्यक प्रक्रिया अवलम्बन गर्नुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी, निर्वाचन भइसकेका जिल्लाका स्थानीय तहअन्तर्गत जिल्ला समन्वय समिति गठनमा देखिएको अन्योल र ढिलाइलाई अविलम्ब अन्त गर्दै समिति गठन गर्न आवश्यक कार्य गर्न पनि आयोगलाई अनुरोध गरिएको छ । निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र निर्वाचनसम्बन्धी कानून निर्माणमा सरकारको तर्फबाट भएको ढिलाइलाई लिएर निर्वाचन आयोगको सकारात्मक पहलतर्फ एमालेकोे ध्यानाकर्षण भएको जनाउँदै उपनेता नेम्बाङले बुझाएका ध्यानाकर्षण पत्रमा यसलाई अझ कडाइका साथ निरन्तरता दिनपर्ने कुरा पनि उल्लेख गरिएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार