Presidential

चौतर्फी आलोचना हुन थालेपछि निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न सरकार सकारात्मक


चौतर्फी आलोचना हुन थालेपछि निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न सरकार सकारात्मक

२ साउन । सर्वत्र विरोध र आलोचनाको सामना गर्नु परेपछि सत्तारुढ दल नेपाली कांंग्रेस र माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तार गरेसँगै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने बताएका छन् । कांग्रेसका तर्फबाट कार्यदलको संयोजक रहेका नेता विमलेन्द्र निधिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग उनकै निवासमा भेटेर मन्त्रिपरिषद् विस्तार, निर्वाचन क्षेत्र निर्धारण आयोग गठनलगायत विषयमा विस्तृत छलफल भएको बताएका छन् ।

अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको छलफलमा एक दुई दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे कुरा भएको जानकारी दिँदै निधिले राजपा, नेपालसँग भएका छलफल, संविधान संशोधन प्रक्रिया अघि बढाउने सम्बन्धमा पनि छलफल भएको बताएका थिए ।

दुवै दलबीच मन्त्रालय बाँडफाँटका विषयमा सैद्धान्तिक सहमति भए पनि संख्या र विभागको टुंगो लगाउने जिम्मा भने दुवै दलका कार्यदललाई दिइएको छ। कांग्रेस कार्यदलमा निधि र नेता रमेश लेखक तथा माओवादी केन्द्रका तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादु्र महरा र नेता वर्षमान पुन रहेका छन्।

संविधान संशोधनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहयोग नहुने र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि पूरै सहयोग नहुने देखिएपछि सरकार संशोधन प्रस्ताव अघि बढाउने कि नबढाउने भन्ने दोधारमा रहेको बताइन्छ । तर, राजपा नेपालको आग्रहअनुसार सरकार उक्त प्रस्ताव मतदानमा लैजान तयार रहेको जनाइएको छ ।

नेता निधिले प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ उद्धृत गर्दै आउँदो बिहीबार मन्त्रिपरिषद्को बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने जानकारी दिए। प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले आयोग गठन गर्न सरकारलाई सुझाव दिँदै आएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार