Presidential

अब बुटवलबाट पनि स्मार्ट कार्ड


अब बुटवलबाट पनि स्मार्ट कार्ड

११ साउन । लुम्बिनी अञ्चलको यातायात व्यवस्था कार्यालय अन्तर्गतको सवारी चालक अनुमतिपत्र वितरणको कार्यालय बुटवलले सेवाग्राहीका लागि डिजिटल प्रविधिको स्मार्ट कार्ड वितरणको प्रक्रिया अगाडि बढाएको छ ।

त्यसका लागि कार्यालले यही साउन ७ गतेदेखि नविकरण र प्रतिलिपिका लागि फारम संकलन गरेर विभागमा पठाऊन शुरु गरेको कार्यालयका प्रमुख बेदप्रसाद अर्यालले बताउनुभयो । सर्भरको समस्याका कारण नयाँका लागि भने केही समय लाग्ने उहाँको भनाई छ । नविकरणका लागि पनि दिनमा दुइसय जति अनुमति पत्रको काम अगाडि बढाउनु पर्ने उहाँको भनाई छ । ‘सर्भरको समस्याले गर्दा हाल भनेअनुरुप काम अगाडि बढाउन समस्या भएको छ,’ उहाँले भन्नुभयो, ‘यो समस्यालाई छिटो भन्दा छिटो समाधान गगरी कसरी सेवाग्राहीलार्इ चुस्त रुपमा सेवा प्रदान गर्न सकिन्छ भनेर यस विषयमा बिभागसंग छलफल भैरहेको छ ।’

उहाँले नविकरणको हकमा दिनमा दुइसय अनुमति पत्रको काम अघि बढाऊन नसकेको खण्डमा यहाँको कार्यालयले सेवाग्राहीको चापलाई धान्न गार्हो हुने भन्दै विभागलाई त्यस अनुरुप सर्भरको समस्या समाधान र प्राविधिक जनशक्ति परिचालन गर्न आग्रह गरेको पनि जानकारी दिनुभयो । ‘बुटवलबाट फारम संकलन गरेर विभागमा नविकरणका लागि पठाएका कार्ड तयार गर्न विभागलाई दुइ महिना भन्दा बढी समय लाग्ने छ,’ उहाँले भन्नुभयो ।
गतबर्ष भन्दा दोब्बर राजश्व वृद्धि
गतवर्ष सात करोड चान चुन राजश्व जम्मा गरेको यो कार्यालयले यस आर्थिक वर्षमा भने त्यसलाई दोब्बरले वृद्धि गरेको लेखापाल बिष्णु भट्टराईले जानकारी दिनुभयो । गएको आर्थिक वर्षको असार मसान्तसम्ममा तेह्र करोड उनासी लाख अड्चालिस हजार दुइसय पचास रुपिया संकलन भएको थियो । पछिल्लो समय लुम्बिनी अञ्चलमा सवारीको चाप बढेसंगै राजश्वमा पनि वृद्धि भएको कार्यालले बताएको छ ।
                                                                                                                                                              ऋषि भट्टराई

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार