Presidential

सर्वोच्चको फैसलापछि भ्रष्टाचारको आरोप लागेका पाकिस्तानी प्रधानमन्त्री सरीफद्वारा राजीनामा


सर्वोच्चको फैसलापछि भ्रष्टाचारको आरोप लागेका पाकिस्तानी प्रधानमन्त्री सरीफद्वारा राजीनामा

१३ साउन । प्रधानमन्त्रीको पाँच वर्षे पूर्णकार्यकाल पूरा गर्न एक वर्ष बाँकी छँदै पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफले पदबाट राजिनामा दिनुभएको छ ।

पाकिस्तानको सर्वोच्च अदालतले शुक्रबार प्रधानमन्त्री नवाज सरीफमाथि लामो समयदेखि चर्चामा आइरहेको भ्रष्टाचार आरोपलाई लिएर प्रधानमन्त्रीका रूपमा रहिरहन अयोग्य घोषणा गरेसँगै उहाँले पदबाट राजिनामा दिनुभएको हो । पनामा पेपर्सले शरीफ र उहाँका परिवारका सदस्यहरुले कालो धन राखेको तर सम्पत्ति विवरणमा नदेखाएको खुलासा गरेको थियो । त्यसैलाई टेकेर उहाँविरुद्ध विपक्षी दलका नेता इमरान खानलगायतले अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।

न्यायधिस एजाज अफताल खानले उहाँलाई संसदको सदस्यका रूपमा रहिरहन अयोग्य बन्नुभएको बताउनु भएको छ । न्यायाधिस अफतालले उहाँले प्रधानमन्त्रीको कार्यालयमा रहने हैसियत पनि दाबी गर्नुभएको थियो ।

अदालतले राष्ट्रिय भ्रष्टाचार विरुद्धको विभागलाई आरोपबारे सरीफको मुद्दामा थप अनुसन्धान जारी राख्न पनि आग्रह गरेको छ । उहाँलाई लाभप्रद व्यवसायमा समुद्रपारमा परिवारको सम्लग्नतामा लगानी गरेको प्रमुख आरोप लागेको थियो । पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पाँचबर्षे पूर्ण कार्यकाल सम्पन्न गर्न सकेका छैनन् ।

धेरैजसो प्रधानमन्त्रीका कार्यकाल पुरा हुनुपूर्व नै शक्तिशाली सेना वा अदालतको हस्तक्षेपमा बाहिरिएको पाकिस्तानी इतिहास छ । अन्य केहीको आफ्नै दलद्वारा हटाइएका छन् , राजीनामा दिन दवाव दिइएको छ, वा कसैद्वारा हत्या गरिएको छ ।

पाकिस्तानको ७० बर्षको इतिहासमा सरीफ अदालतद्वारा अयोग्य घोषित हुने दोस्रो वहालवाला प्रधानमन्त्री हुनुहुन्छ । अदालतले सन् २०१२ मा तत्कालिन प्रधानमन्त्री यूसुफ राजा गिलानीलाई पनि सत्ताको नेतृत्व सम्हालेकै समयमा तत्कालिन बहालवाला राष्ट्रपति असिफ अली जर्दारी विरुद्ध भ्रष्टाचार आरोप चलाउन नमानी अदालतको मानहानी गरेको आरोपमा अयोग्य घोषणा गरेको थियो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार