Presidential

अयोग्यले भरिए ज्योति विकास बैंक


अयोग्यले भरिए ज्योति विकास बैंक

१९ साउन । ज्योति विकास बैक पछिल्लो समय विवादमा परेको छ । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम योग्यता नपुगे पनि सो बैंकमा दुईजना सञ्चालक महिनौँदेखि पदमा रहेका रहेको भन्दै बोर्डभित्रैबाट विवाद उत्पन्न भएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालकहरूको योग्यताको सम्बन्धमा नयाँ व्यवस्था गरेपछि उक्त बैंकका सञ्चालकहरु अयोग्य घोषित भएका हुन् । बैंकका सञ्चालकहरूमध्ये गोकर्ण खतिवडाको राष्ट्र बैंकले तोकेबमोजिमको न्यूनतम योग्यता नरहेको तथ्य बाहिर आएको छ । उनको शैक्षिक योग्यता स्नातकोत्तर उत्तीर्ण रहेको छैन । शैक्षिक योग्यता स्नातकमात्र रहेका खतिवडाको कार्य अनुभव पनि केन्द्रीय बैंकले तोकेबमोजिम तीन वर्ष नपुगेको बैंक स्रोतले बतायो ।

स्नातक योग्यतामात्र भएका सञ्चालकको कार्य अनुभव कम्तिमा तीन वर्ष सञ्चालक भएको हुनुपर्नेछ । तर, खतिवडाको कार्यअनुभव मुस्किलले दुई वर्ष पुगेको बताइन्छ ।

विगतदेखि नौ जना सञ्चालक रहेका सो बैंकमा यतिखेर पनि सो संख्या कायम छ । हालै पारित बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) अनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थामा सञ्चालकको संख्या बढीमा सात जना हुनुपर्दछ । नयाँ बाफिया लागू भइसकेको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरूले विशेष साधारणसभा आयोजना गरेर भए पनि सञ्चालकहरूको संख्या बढीमा सात बनाइसकेका छन् । तर, सो बैंकले ऐनबमोजिम गर्नुपर्ने काम पनि नगरेकोे पाइएको बताइन्छ । यसमा ढिलाई गर्दा गर्दै चौतर्फी दबाबका कारण यही साउन २९ गतेका लागि विशेष साधारण सभाका लागि सूचना जारी गरिएको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार बाफिया बमोजिम गर्नुपर्ने काम ज्योति विकास बैंकसँग मर्ज हुन लागेको राप्ती–भेरी विकास बैंकले भने यसअघि नै गरिसकेको छ । तर, ज्योतिले नगर्नुको पछाडि स्वयम् राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरुकै संरक्षण रहेको बताइन्छ । राष्ट्र बैंकले दुई जना सञ्चालकको योग्यताको बारेमा आशंका गर्दै पटक–पटक पत्राचार गरे पनि उक्त पत्र नै गायब हुने गरेको पाइएको छ । राष्ट्र बैंकमा पठाइएको पत्रको जवाफ नआउनुमा सञ्चालक खतिवडा चन्द्रागिरी हिल्सका मुख्य सेयरहोल्डर नवराज नेपालका जेठान हुन् भने चन्द्रागिरी हिल्सका अर्का सञ्चालक अम्बिकाप्रसाद पौडेलचाहिँ राष्ट्र बैंकका एक निर्देशकको काकाको छोरा हुन् । आगामी पुसदेखि मात्र खतिवडाको सञ्चालकको अनुभव तीन वर्ष पुग्ने स्रोतको दाबी छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार