Presidential

कसरी बन्ने प्रभावशाली कामदार ?


कसरी बन्ने प्रभावशाली कामदार ?

गुड नलेज कन्सल्टेन्टस् (भारत) का संस्थापक सौरभ एन.सकलानीले प्रभावशाली कामदार बन्नका लागि केके तरिका अपनाउनु आवश्यक छ ? यिनै कुराको लेखाजोखा गरेका छन्, समय व्यवस्थापनले तय गर्दछ कि, तपाई एक स्मार्ट कामदार हुनुहुन्छ वा तनावयुक्त कामदार । खराब समयको व्यवस्थापन तब हुन्छ, जब तपाईलाई प्राप्त कामप्रति तपाई अति उत्साहित वा निराशावादी हुन पुग्नु हुन्छ ।

सबभन्दा पहिला उत्कृष्ट तथा कार्यकारी ‘वर्क स्मार्ट प्लान’ तयार पार्नु होस् र आफ्नो कामको अनुमानलाई आकार दिन तल लेखिएका तथ्यमाथि विचार गर्नुहोस् । अधिकांश कार्यकारी प्रमुख मसित कामको समयमा तनावरहित रहने तरिका बताउन आग्रह गर्छन् । उनीहरुलाई बनिबनाउ तरिका बताउनुभन्दा म एउटा पुरानो उखानमा विश्वास राख्ने कोसिस गर्दछु । त्यो उखान हो, ‘उपचार गर्नुभन्दा मुख बार्नु उचित हो’ । हामीले उपचार रोज्नुभन्दा पहिले सुरुमा नै काम व्यवस्थित र सुविचारित ढंगले गर्नु उपयुक्त हुनेछ ।

पहिलो कदमः कामको ढाँचा रेकर्ड गर

सबभन्दा पहिला म यो सल्लाह दिन चाहन्छु, तपाई त्यस कुराको विस्तृत समयबद्ध विवरण तयार पार्नुस् कि, हरेक दिनको समय कसरी व्यतित गर्नु हुन्छ ? यो काम तपाई एक महिनासम्म गर्नुस् । त्यसमा तपाई आफ्नो कफी समय र कार्यकक्षमा लिइएको झप्की (झकाउनु) जस्ता छोटा विवरण पनि रेकर्ड गर्नुस् । तथ्य के हो भने, समय व्यवस्थापनले तय गर्दछ कि, तपाई एक स्मार्ट वर्कर हुनुहुन्छ वा तनावयुक्त वर्कर ? खराब समय व्यवस्थापन तब हुन्छ, जब तपाईलाई मिलेको कामप्रति तपाई अति उत्साहित वा निराशावादी हुन पुग्नु हुन्छ । यी सबै व्यवहारले तपाईलाई खराब समय व्यवस्थापनतर्फका प्रवृत्तितिर लैजान्छ । र, सायद यही नै कामसित सम्बन्धित तनावको मुख्य कारण पनि हो ।

दोस्रो कदमः कामको ढाँचाको विश्लेषण

एक पटक तपाई पहिलो कदमको अवधिमा सारा तथ्यांक जम्मा गर्नुस् र त्यसपछि तपाई त्यसको विश्लेषण गर्नुस् । र, हेर्नुस्, के त्यसमा धेरै व्यक्तिगत कोसेढुंगा त छुटेको छैन ? के थोरै समयमा धेरै काम लिने प्रवृत्ति त देखिएको छैन ? र, आफ्नो संकल्प र नतिजामा कति अन्तर छ ? तपाईलाई आफ्नो काम गर्ने तरिकाको बलियो र कमजोर पक्ष चिन्नका लागि आफ्नो व्यक्तिगत कामको ढाँचाको तथ्यांक आवश्यक पर्दछ । यो कुरा पनि उत्तिकै जरुरी छ, तपाई आफ्नो प्राथमिकतालाई सम्झिनुस् । यो धेरै नै सुक्ष्म र महत्वपूर्ण विन्दु हो । हामी सबै बेग्लाबेग्लै हौं र जुन चिज मेरा लागि काम गर्न सहज हुन्छ, त्यही तपाईको लागि नहुन सक्छ । हाम्रो कार्यपद्धतिको अध्ययनले हाम्रो प्राथमिकता सम्झाउन मद्दत गर्नेछ । जस्तै, के म साँझपख आफ्नो जरुरी काम पूरा गर्न सक्छु ? के म घरमा अथवा कार्यालयमा आफ्नो महत्वपूर्ण जिम्मेवारी पूरा गर्न सक्छु ? के म लामो समयसम्म निरन्तर रुपमा काम गर्न रुचाउँछु ? वा के म निरन्तर संक्षिप्त छुट्टी लिन मन पराउँछु ? यस प्रकार आफ्ना प्राथमिकताबारे जान्न आफ्नो व्यक्तिगत स्मार्ट वर्क प्लान तयार गर्नु बहुमूल्य सिद्ध सावित हुनसक्छ ।

सबभन्दा पहिला तपाई आफ्नो वर्क स्मार्ट प्लान तयार गर्नुस् । तपाई आफ्नो कार्यपद्धति रेकर्ड गर्नुस्, त्यसपछि त्यसको विश्लेषण गर्नुस् । र, समय व्यवस्थापनको एउटा ठोस पर्खालजस्तै प्रयोग गर्नुस्, तथापि तपाईले केही विचित्रता जस्तैः विलम्ब गर्नु, निराशावादी हुनु, असफलतासित डराउनु र अल्छीपना आदिबाट निःशृत तनावलाई रोक्न सक्नु हुन्छ । आत्मविश्लेषणको एउटा शक्तिशाली हतियार हो, प्रश्न सोधिरहनु । प्रश्नले हाम्रो जागरुकता बढाउन मद्दत पु¥याउँछ र हामीलाई धेरै महत्वपूर्ण कार्यकुशल जिम्मेदार र उत्पादनमूलक बनाउन सहायक हुन सक्दछ ।

तेस्रो कदमः प्रभावकारी कार्ययोजना बनाऊ

जबकि तपाईले आफ्नो कार्यपद्धति रेकर्ड गरी त्यसको विश्लेषण गर्नुभयो, अबको समय हो, आफ्नो वर्क स्मार्ट प्लान बनाउने । स्टिफन कावेको शक्तिशाली सिद्धान्त ‘पहिलो चिज पहिलो’ हाम्रो वर्क स्मार्ट प्लानमा मिलको पत्थर हुनु पर्दछ । कावे लेख्छन्, ‘पहिलो चिज, त्यस्तो चिज हो, जुन पूरा गर्नु सबभन्दा महत्वपूर्ण कुरा हो । त्यसले हामीलाई सही दिशातिर अगाडि बढाउँछ । हामी कामहरुलाई त्यसको महत्ता र आवश्यकताको आधारअनुरुप श्रेणीबद्ध गर्न सक्छौं । एउटा कार्य महत्वपूर्ण हुनसक्छ, यद्यपि त्यो हाम्रो मिसन, भ्यालु र उच्च महत्व भएको लक्ष्यको पूर्तिमा योगदान गर्न सक्छ । एउटा कार्य अत्यावश्यक हुनसक्छ, यद्यपि हामी वा अरु नै व्यक्ति यो कुरा सम्झन्छन् कि यसलाई तत्काल हाम्रो ध्यानको आवश्यकता छ ।’

कार्ययोग्य लक्ष्यः तपाईले यो कुरा जान्न आवश्यक छ कि, तपाईले कहिले, किन र के गर्नु आवश्यक छ ? के तपाईसित ती सबै काम गर्नका लागि सबै क्षमता र साधन छन् ? यो सुझबुझले तपाईको आफ्नो लक्ष्य पूरा गर्नका लागि रणनीति तयार गर्नमा मद्दत पु¥याउँछ ।

मिडियम टर्म डिलेवरेबल्सः आफ्नो लक्ष्य पूरा गर्नका लागि आफ्नो कार्ययोग्य चिजहरुका साथ मिड टर्म डिलिवरेबल्स पूरा गर्नु एउटा बाटो हो ।

तात्कालिक एक्सन आइटम्सः आफ्नो समयको सदुपयोगका लागि के कुरा राम्रो हुनेछ भने तपाई एउटै काममा ध्यान केन्द्रित गर्नुस् ।

चौथो कदमः निरन्तर सिकिरहनु

अन्तमा, तपाई निरन्तर पुनःनिरीक्षण, आँकलन र आफ्नो वर्क स्मार्ट प्लानलाई उत्तम बनाई रहनुस् । उत्तम बनाइराख्नका लागि नयाँ तरिका खोज्नुस्, आफ्नो लक्ष्यमा अडिग रहनका लागि आफ्नो साथीको सहयोग लिनुस् र आफ्नो गल्तीबाट सिक्नुस् । स्टिफन कावे भन्दछन् कि, यी सवालको उत्तरले तपाईको आफ्नो प्रगतिको समीक्षा गर्न मद्दत गर्दछ ।
१. के यी लक्ष्य पूरा गर्नका लागि तपाईले आफ्नो समयको सर्वश्रेष्ठ प्रयोग गर्नुभयो ?
२. जुन लक्ष्य तपाईले पूरा गर्न सक्नुभएन, त्यसलाई आगामी सातामा पूरा गर्नका लागि तयार हुनुभयो ?
३. लक्ष्य निर्धारित गर्ने वा पूरा गर्ने सवालमा सफलता र असफलताको ढाँचा के रह्यो ?
४. लक्ष्य पूरा गर्न लाग्दा बाटोमा निरन्तर केके कठिनाइहरु उत्पन्न भए ?
५. के तपाईले अवास्तविक इच्छा राख्नुभएको थियो ?

आफ्नो समयको सही व्यवस्थापनले तपाईलाई धेरै दक्ष, भरोसायोग्य र विश्वसनीय बनाउँछ । तपाई यो कुरा पनि थाहा पाउनु हुन्छ कि, तपाईको समय मूल्यवान छ । र, यो त्यही एकमात्र बाटो हो, जसमा हिँडेर नै तपाईले यो समझदारीलाई प्रयोग गर्न सुरु गर्नु हुनेछ । र, अब तपाई आराम गर्ने धेरै समय निकाल्न सक्नु हुनेछ र उत्तम वर्क लाइफ ब्यालेन्स बनाउन सक्नु हुनेछ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार