Presidential

करिब ४७ हजार हेक्टरको धान बाली नष्टः खाद्य संकट उब्जिने सम्भावना


करिब ४७ हजार हेक्टरको धान बाली नष्टः खाद्य संकट उब्जिने सम्भावना

२ भदौ । बाढी–पहिरो र डुबानका कारण तराई–मधेस र पहाडी भेगहरुमा समेत कृषि बाली नष्ट भएका कारण खाद्यान्न संकट उत्पन्न हुने सम्भावना देखिएको छ । मनसुन सुरु भएपछि पर्याप्त वर्षाद् नभएका कारण प्रमुख बालीको रुपमा रहेको धान बालीको रोपाइँ समयमै हुन नसकिरहेको बेला निरन्तरको बाढी र डुबानका कारण रोपिएको धान नष्ट हुन पुग्दा खाद्य संकट उत्पन्न हुने सम्भावना बढेको हो ।

निरन्तरको बाढी र डुबानले मधेस र पहाडका ३१ जिल्लाको धान बालीलाई असर पु¥याएको छ । बाढी र डुबानले ती जिल्लाहरुका अन्न, तरकारी, तेलहन र माछा गरी ७८ हजार ५ सय १५ हेक्टरमा क्षति हुन पुगेको छ । यसैगरी, ती जिल्लाका कृषिजन्य उत्पादनमा २ लाख ७२ हजार ६ सय ३० हेक्टर प्रभावित बन्न पुगेको छ ।

सबभन्दा धेरै धान बाली नष्ट हुन पुगेको छ । बाढी र डुबानबाट अतिप्रभावित मधेसका १५ जिल्लाका ४६ हजार ९ सय ५७ हेक्टर जग्गामा लगाइएको धान बाली पूरै नष्ट भएको छ । त्यसमा सबभन्दा बढी बारा जिल्ला प्रभावित बन्न पुगेको छ । बाराको ११ हजार १ सय ६० हेक्टर जग्गामा लगाइएको धान बाली नष्ट हुन पुगेको छ ।

यसैगरी, रौतहटमा ५ हजार ७ सय, सर्लाहीमा ५ हजार ४ सय ५२, पर्सामा ४ हजार, धनुषामा ४ हजार ७ सय ६, महोत्तरीमा ४ हजार १ सय २७, मोरङमा १ हजार ५ सय, झापामा १ हजार ४ सय, सुनसरीमा १ हजार ४ सय २०, सिरहामा २ हजार १ सय ६८, बर्दियामा २ हजार ७ सय, सप्तरीमा १ हजार १८,बाँकेमा ८ सय र नवलपरासीमा २ सय ८६ हेक्टरमा लगाइएको धान बाली क्षति हुन पुगेको छ ।

मधेसका १५ जिल्लामा लगाइएको धान बालीलाई बाढी र डुबानले क्षति पु¥याएसँगै पहाडका केही जिल्लामा पनि बाढी र पहिरोका कारण धान बाली नष्ट हुन पुगेको छ । तर, कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार तराई–मधेसमा भन्दा पहाडमा केही कम क्षति देखिएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार