Presidential

आन्तरिक मामिला विदेशमा बोल्नु गलतः पन्त


आन्तरिक मामिला विदेशमा बोल्नु गलतः पन्त

१४ भदौ । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य रघुजी पन्तले देशको आन्तरिक मामिला र देशको संसद्को अधिकारका विषयमा भारतमा गएर प्रधानमन्त्रीले बोल्न नहुने बताएका छन् ।

प्रगतिशील तथा पेशाागत कानुन व्यवसायी संगठन भक्तपुरले आयोजना गरेको सम्मान कार्यक्रममा नेता पन्तले प्रधानमन्त्रीको भ्रमण देशको उपलब्धिका लागि मात्रै हुनुपर्ने बताए ।

कार्यक्रममा एमालेका वैकल्पिक केन्द्रीय सदस्य सोम मिश्र, संगठनका केन्द्रीय अध्यक्ष रुद्र नेपाल, पूर्वअध्यक्ष केदार अधिकारीलगायतले एमाले अब फेरि देशकै ठूलो पार्टीका रुपमा स्थापित हुन कसैले रोक्न नसक्ने बताए । सो अवसरमा वरिष्ठ अधिवक्ता दुर्गामोहन श्रेष्ठलाई सम्मान गरिएको थियो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार