Presidential

बाढीपीडितलाई अनेरास्ववियुको १ लाख १० हजार सहयोग


बाढीपीडितलाई अनेरास्ववियुको  १ लाख १० हजार सहयोग

१७ भदौ । तराई–मधेसका आएका बाढीपहिरो र त्यसवाट पीडित परिवारलाई अनेरास्ववियुले राहत संकलन गर्ने कार्यलाई अझै निरन्तरता दिएको छ । तराई–मधेसका बाढीप्रभावित जिल्लामा पुगेर केन्द्रीय कमिटीले रातहत वितरण गरेको थियो । यही क्रमलाई निरन्तरता दिदैँ पक्लिहवा कृषि क्याम्पसको अनेरास्ववियु क्याम्पस कमिटीले पनि आफ्नो सम्मेलनको अवसर पारेर केही रकम हस्तान्तरण गरेको छ ।

सम्मेलनकै अवसरमा प्राकृतिक प्रकोप प्रभावित तराई–मधेसका जनतालाई राहत स्वरूप संकलन गरेको एक लाख दश हजार रुपैयाँको चेक अनेरास्ववियु केन्द्रीय कमिटी सचिव आरती लामालाई हस्तान्तरण गरिएको हो ।

त्यसैगरी सम्मेलनले उत्सब पाण्डेको नेतृत्वमा नयाँ कमिटी चयन गरेको छ । उपाध्यक्षमा केशब खरेल, सचिवमा निराजन तिमील्सना, सह–सचिवमा अशोक पराजुली, मनोज पौडेल, प्रबिना आचार्य , कोषाध्यक्षमा सबिना रेग्मी लगायत २१ सदस्य कमिटी सर्वसम्मत निर्वाचित भएको सचिव लामाले जानकारी दिइन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार