Presidential

यी हुन् सफलताका ६ सूत्र


यी हुन् सफलताका ६ सूत्र

सफलताको मार्गको खोजी, जोकोहीका लागि जहाँसुकै पनि रहिरहन्छ । जो जहाँ हुन्छन्, उसले त्यहीं प्रगति, उन्नति र उच्च विकासको मार्ग खोजी गर्दछ । उक्त खोजीमा कैयौं सफल हुन्छन्, कैयौं असफल हुन्छन् । अनेकौंका लागि त सफलता सधैँ स्वप्न कुसुम बनिरहन्छ, जसको महसुस कल्पना र स्वप्नमा मात्रै हुन्छ, यथार्थ धरातलमा न त्यसको सुगन्ध मिल्छ, न त स्पर्श नै । हतासाको भड्कन, निराशाको थकान र असफलताको कुन्ठा सदैव भारी परिरहन्छ । सफल र कामयाव व्यक्तिहरुलाई देखेर मन यस्तो चिन्तामा डुबिरहन्छ, आखिर यिनीहरुले कुन जादूमयी शक्तिले सफलता हासिल गरे ?

जसको मानवीय अस्तित्वमा गहिरो पहुँच छ, जो मानवीय व्यक्तित्वको सूक्ष्मता राम्रो तरिकाले जान्दछ, तिनीहरु सबैका भनाइ रहन्छ, ‘सफलता हासिल गर्ने जादूमयी शक्ति सबैमा हुन्छ’ । कुरा के हो भने कुनै व्यक्तिले त्यसको प्रयोग गर्न जान्दछन्, कुनैले जान्दैनन् । केहीलाई आफ्नो जादूमयी शक्तिको जानकारी हुन्छ, कसैलाई हुँदैन । यसको उदाहरण हामी आफूवरिपरि आरामपूर्वक देख्न सक्छौं । हामी कुनै कार्यालय, कारखाना, शिक्षण संस्थान अथवा कुनै अर्को ठाउँमा काम गर्दछौं, आफूवरिपरि केही सफल र केही निराश व्यक्ति प्रायजसो देख्दछौं । त्यसमा एउटा यस्तो छ, जसले सफलताको बाटो पत्ता लगाएको छ र त्यही बाटोमा ऊ हिँडिरहेको छ र अर्को त्यस्तो व्यक्ति छ, जो सफलताको बाटोको खोजीमा अझै अल्मलिइरहेको छ ।

मानवीय व्यक्तित्वको गहिरो जानकारी राख्ने कारनी गोल्डम्यानले मानवीय जिन्दगीको सूक्ष्म छानविन गर्दै एउटा पुस्तक लेखेका छन्, ‘हाउ टु फाइन्ड अन सक्सेज’ । अर्थात् आफ्नो सफलता कसरी पाउने ? उक्त पुस्तकमा उनले भनेका छन् कि, ‘सफलता हाम्रो जन्मसिद्ध अधिकार हो । मानिस यसकारण जन्मिएका हुन् कि, उसले आफ्नो सफलता हासिल गर्न सकोस् । यदि अहिलेसम्म हामी सफलताबाट टाढा छौं भने यसको कारण केवल यत्ति हो कि, हामीले आफ्नो आन्तरिक शक्ति र त्यसको अभिव्यक्तिको तौरतरिकालाई जानेका छैनौं ।’ गोल्डम्यानको भनाइ के हो भने, सफलताको मार्गलाई सही ढंगले जान्ने र त्यसको सही ढंगले प्रयोग गर्न थालियो भने सफलताले चाँडै नै हाम्रो कदम चुम्न थाल्दछ ।

गोल्डम्यान र उनका मनोवैज्ञानिक मित्र डेनियल रिचर्डले सफलताको तरिकाको केही मुख्य विन्दुबारे स्पष्ट पारेका छन् । डेनियल रिचर्डको भनाइ छ, ‘सफलताको पछाडि श्रम एवम् ज्ञानभन्दा धेरै प्रभाव आफूप्रति र परिस्थितिप्रति तपाईको दृष्टिकोण नै कारण रहेको हुन्छ । यदि तपाईको दृष्टिकोण सकारात्मक छ भने तपाई केवल आफ्नो लागि मात्र होइन, अरुका लागि पनि एउटा मधुर वातावरण निर्माण गर्न सक्नु हुनेछ । सकारात्मक हेराइ वा विधेयात्मक दृष्टिकोणको अर्थ हो, स्वयम्को सामथ्र्यप्रति विश्वास, हामी गर्न सक्दछौं, यही विचारमाथि गहिरो आत्मविश्वास । परिस्थिति जतिसुकै संघर्षपूर्ण र विकट किन नहोस्, तथापि त्यो यस कारण हो कि, हाम्रो शक्ति अझ धेरै निखारियोस् । यस्तो सकारात्मक दृष्टिले हामीभित्र साहस र सिर्जनशीलताको चुम्बकत्व पैदा गर्दछ, जसले सफलता आफूआफै आकर्षित हुन थाल्दछ ।

यस सन्दर्भको दोस्रो विन्दु हो, समयको सही सदुपयोग । गोल्डम्यानको भनाइ छ, यदि तपाई सफलता चाहनु हुन्छ भने आफ्नो कार्यलाई प्राथमिकताको आधारमा वर्गीकृत गरेर समयअनुसार काम गर्ने कोसिस गर्नोस् । यसरी सबै आवश्यक काम बिना कुनै तनाव आरामपूर्वक पूरा गर्न सकिन्छ । यसका लागि केवल सही योजनाको आवश्यकता पर्दछ । यसबारे एउटा कोसिस अवश्य नै गर्नु आवश्यक छ, आजको काम भोलिका लागि सार्ने आवश्यकता नपरोस् । दैनिक काम सही ढंगले पूरा हुने बित्तिकै गहिरो आत्मसन्तुष्टि मिल्दछ र आत्मविश्वास पनि बढ्दछ ।

तेस्रो विन्दुको रुपमा गोल्डम्यान र रिचर्ड परिस्थितिको सही उपयोगको कुरा गर्दछन् । उनीहरुका भनाइ छ कि, यहीमा नै हाम्रो मौलिक सुझबुझको जाँच हुन्छ । महत्वपूर्ण कुरा यो होइन कि, परिस्थिति कस्तो छ ।महत्वपूर्ण त यो हो कि, हामी त्यसको उपयोग कसरी गर्दछौं । परिस्थितिको उपयोग गर्ने सही सुझबुझ भयो भने परिस्थितिले न केवल हाम्रो उचित सहयोग गर्दछ, यद्यपि समुचित मार्गदर्शन पनि गर्दछ । यसमा ध्यान दिनुपर्ने कुरा के हो भने, सहयोग र मार्गदर्शनका लागि ठीक व्यक्तिको चयन गर्न सकोस् र त्यसका सामुन्ने आफ्नो कुरा सही तरिकाले राख्न सकियोस् ।

चौथो विन्दु, जुन सफलताको सबभन्दा महत्वपूर्ण बाटो हो, त्यो हो, हाम्रो व्यक्तित्व । व्यक्तित्वको गुण, जस्तोः पोशाक लगाउने तरिका, रहनसहन, वार्तालापको तरिका आदिले सफलतामा धेरै प्रभाव पार्दछ । यसरी नै इमानदारी, विनम्रता, कर्तव्यनिष्ठाले हामीलाई आफ्नो सफलतामा अगाडि बढाउन धेरै मद्दत गर्दछ । ध्यान राख्नोस् कि, हाम्रो व्यवहारले नै हाम्रो व्यक्तित्वलाई प्रभावशाली बनाउँछ । तसर्थ हामीले आफ्नो व्यवहारमा सद्गुणको साधना धेरै नै दृढतापूर्वक गर्नु पर्दछ ।

सफलताका लागि पाँचौं आवश्यक विन्दु हो, सतत् सकारात्मक क्रियाशीलता । सफलता प्राप्त गर्ने चाहना राख्नेहरुलाई गोल्डम्यानको सल्लाह छ कि, उनीहरुले आफूलाई सतत् क्रियाशील राखोस्, परन्तु त्यस्तो क्रियाशीलता पूरै सकारात्मक होओस् । अर्थात् यसमा कोहीप्रति विरोधी भाव नहोओस्, आफ्नो विकास र प्रगतिको उद्देश्य यसमा निहित होस्, अरुप्रति द्वेष र हानीको कामना कतै पनि नगरियोस् । अहंकार, आलश्य, ईष्र्या, बहस वा बहानाबाजीबाट आफूलाई टाढा राखेर सतत् आफ्नो उद्देश्यप्रति एकनिष्ठ भावले क्रियाशील रहनोस् । साथै, अनुशासनहीनता वा गलत विचारजस्ता तत्वहरु जीवनमा प्रवेश नहोओस् ।

छैठौं र अन्तिम विन्दु हो, सन्तुलन बनाइ राख्नु । यसको अर्थ हो, जीवनलाई समग्रतामा ज्यँुनु । अर्थात् जीवनमा व्यक्तिगत सफलता महत्वपूर्ण हुन्छ । परन्तु त्यति नै महत्वपूर्ण आफ्नो घरपरिवार पनि हुन्छ । सफलतासँगै स्वास्थ्य पनि महत्वपूर्ण हुन्छ । भौतिक जीवनमा उपलब्धिका साथै आध्यात्मिक एवम् आन्तरिक प्रगति पनि आवश्यक हुन्छ । यी सबै कुरा एकैसाथ तब सम्भव हुन्छ, जब हामी आफ्नो जीवनमा सन्तुलन कायम राख्न सिक्दछौं । जहाँसम्म सम्भव हुन्छ, एउटा ठाउँको निराशालाई दोस्रो ठाउँबाट टाढा राख्नोस् । यो पनि अनुभव गर्नोस् कि, जीवनका सबै पाटाहरु मूल्यवान र महत्वपूर्ण छन् । यसमा कुनैलाई पनि उपेक्षित गर्नु हुँदैन ।

जीवनको समग्रतामा सार्थक सफलता छ । यसरी यी विन्दुहरुको जीवनमा उचित ढंगले आत्मसात गर्दा सफलताको बाटो न केवल प्रकाशित हुनजान्छ, तथापि त्यसमा चल्न बाध्य हुनुपर्छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार