Presidential

फोहोर उठ्न थालेपछि सफा देखियो काठमाडौं


फोहोर उठ्न थालेपछि सफा देखियो काठमाडौं

२६ भदौ । सोमबार बिहान काठमाडौंको सडक छेउछाउ अरु दिनभन्दा सफा देखिन्थ्यो । केही दिनदेखि काठमाडौंका सडक किनाराहरुमा थुप्रिएका फोहोरले महानगरको साख नै मेटाउँदै लगेको महसुस हुन्थ्यो । तर, प्रभावित क्षेत्रका बासिन्दाका माग पुरा हुने भएपछि आइतबारदेखि काठमाडौँ उपत्यकाको फोहोर ओखरपौवामा फाल्न थालिएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाका माग पूरा गर्न पाँच बुँदे सहमति तथा कार्यदल गठन भएपछि काठमाडौंमा केही दिनदेखि थुप्रिएको फोहोर उठ्न थालेको हो । काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी, ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालसहित फोहोर प्रभावित क्षेत्र ककनी गाउँपालिका– १, २ र ३ तथा धादिङको धुनीबेसी नगरपालिका– १ र २ का वडाध्यक्षसहितको सरोकारवालाको बैठकले मागको सम्बन्धमा कार्यदल गठन गरी त्यसले पेश गरेको प्रतिवेदन दस दिनभित्र कार्यान्वयन गर्ने सहमति भएपछि फोहोर फाल्न थालिएको हो ।

उक्त कार्यदलले फोहोर व्यवस्थापनका लागि अध्ययन गरी माग प्रतिवेदन पेश गर्ने र त्यसको शतप्रतिशत सम्बोधन गर्ने सहमति बनेको छ । सहमति भएपछि फोहोर फाल्न प्रभावित क्षेत्रका बासिन्दा सहमत भएका हुन् । पाँच बुँदे सहमतिमा फोहोरको विसर्जन गर्ने ठाउँबाट नौ सय मिटर दूरीमा पर्ने अति प्रभावितलाई घरटहराको प्रति स्क्वायर मिटर वार्षिक ५० कायम रहने, फोहर विसर्जन खाल्डो खनेर गर्ने र माटोले पुरी रोग नियन्त्रण गर्न किटनाशक औषधिको प्रयोग गर्ने, लिचडको प्रशोधन गरेर मात्र खोलामा पठाउने, फोहोर फाल्ने स्थान (तीनपिप्ले–सिसडोल) सम्मको सडक स्तरोन्नति गर्ने, ओखरपौवाका शाखा सडक कालोपत्र गर्ने तथा ककनी गाउँपालिका– १ र २ का लागि काठमाडाँै महानगरपालिकाले तीन महिनाभित्र एम्बुलेन्स उपलब्ध गराउने उल्लेख छ ।

काठमाडाँैमा दैनिक उत्पादन हुने करिब एक हजार ५०० टन फोहर विसर्जन ओखरपौवा सिसडोलमा गरिँदै आएको छ । काठमाडाँै महानगरपालिकाले तीन वर्षका लागि प्रस्ताव गरेको ओखरपौवाको सिसडोलमा विगत १३ वर्षदेखि फोहर फालिँदै आएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार