Presidential

वीरगञ्ज पुगेर महासचिव पोखरेलले भने, ‘२ नम्बरका मतदाता एमालेको पक्षमा छन् ’


वीरगञ्ज पुगेर महासचिव पोखरेलले भने, ‘२ नम्बरका मतदाता एमालेको पक्षमा छन् ’

२८ भदौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अरु राजनीतिक दलले एमालेलाई मधेस विरोधी दल प्रमाणित गराउन कसरत गरिरहे पनि एमाले मधेसी जनताको पक्षमा उभिँदै आएको बताएका छन् । २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा वीरगञ्ज महानगरपालिकाको प्रतिबद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रममा महासचिव पोखरेलले उक्त कुरा बताएका हुन् ।

महासचिव पोखरेलले एमालेविरुद्ध अरु राजनीतिक शक्तिहरु लागिपरे पनि २ नम्बर प्रदेशको निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापित हुने पनि बताए । २ नम्बर प्रदेशको निर्वाचनमा एमालेप्रति जनलहर उर्लिरहेको हुँदा पहिलो हुने दाबी महासचिव पोखरेलको थियो ।

महासचिव पोखरेलले एमालेलाई मधेस विरोधी देखाउने चेष्टामा अरु दल लागेपछि चुनावपछि ती सबै आरोप र भ्रम हटेर जाने पनि बताए । एमालेले सबै जनजाति, भाषाभाषीको पक्षमा उभिँदै आएको हुँदा २ नम्बर प्रदेशका अधिकांश तहमा चुनाव जित्ने बताए ।

सो प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयरका प्रत्यासी बसुरुद्धिन अन्सारीले एमालेले निर्वाचन जितेपछि महानगरपालिकामा भोजपुरीलाई कामकाजीको भाषा बनाउने बताए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार