Presidential

‘अतिसंवेदनशील’ सप्तरीमा कडा बनाइँदै सुरक्षा व्यवस्था


‘अतिसंवेदनशील’ सप्तरीमा कडा बनाइँदै सुरक्षा व्यवस्था

२८ भदौ । पाँच दिनपछि हुन लागेको २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनमा सुरक्षा चुनौती व्यापक रुपमा रहेको छ । नेपाल–भारत खुला सीमालगायत मधेसमा क्रियाशील सशस्त्र समूहले समेत चुनाव बहिस्कार गर्ने बताएपछि सुरक्षा चुनौती थपिन पुगेको हो ।

तर, २ नम्बर प्रदेशका आठ जिल्लामध्ये सुरक्षाका हिसाबले चुनौतीपूर्ण भने सप्तरी जिल्लालाई मानिएको छ । त्यही कारण असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सप्तरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

चुनावलाई लक्षित गरेर सदरमुकाम राजविराजसहित मुख्य सडक तथा नाका र नेपाल–भारतीय सिमानाअन्तर्गत विभिन्न ठाउँमा चेकजाँच गरी सुरक्षा व्यवस्थामा कडाइ गरिन थालेको छ । सम्बन्धित मतदान केन्द्रमा समेत प्रहरी टोली पठाएर कुनै घटना हुन नदिनको लागि विशेष तालीम प्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । लागुऔषध र विस्फोटक पदार्थको खोजी गर्ने विशेष तालीम प्राप्त जर्मन शेफर्ड नामक कुकुरसमेत परिचालन गरिएको छ ।

शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन सम्पन्न गराउनका लागि सप्तरी जिल्लामा करिब चारहजार नेपाल प्रहरी र दुईहजार सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ । सप्तरी जिल्लामा १८ वटै स्थानीय तहमा करिब २ सय ९५ वटा मतदानस्थल रहेका छन् जसमध्ये २ सय ७ अतिसंवेदनशील र ८८ संवेदनशील रहेको बताइएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार