Presidential

ऋषि–लीलास्मृति पत्रकारिता पुरस्कारबाट चट्याङ मास्टर पुरस्कृत


ऋषि–लीलास्मृति पत्रकारिता पुरस्कारबाट चट्याङ मास्टर पुरस्कृत

२८ भदौ । पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ऋषि–लिला स्मृति पत्रकारिता पुरस्कार पत्रकार एवं साहित्यकार कृष्णमुरारी गौतम (चट्याङ मास्टर) लाई प्रदान गरिएको छ । पत्रकारिताको माध्यमबाट समाजका ज्येष्ठ नागरिकको हकअधिकार संरक्षणमा सहयोग पु¥याएबापत प्रदान गरिएको सो पुरस्कारको राशि २० हजार एक नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ ।

पोखरा वृद्धाश्रममा आयोजित एक समारोहका बीच संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले पत्रकार गौतमलाई दोसल्ला ओढाएर सम्मान गर्दै समाजका ज्येष्ठ नागरिकको हकअधिकार संरक्षणसहितको संवैधानिक व्यवस्था गर्ने तयारी भइरहेको बताए ।

पैतृक सम्पत्तिले नभई ज्ञान, सीप, योग्यता र क्षमताले धनी बन्नुपर्ने बताउँदै अधिकारीले भने, ‘आमाबुबाले छोराछोरीलाई मात्र नभई सेवा गर्नेलाई आफ्नो सम्पत्ति दिन पाउने विधेयक प्रमाणीकरण हुनमात्र बाँकी रहेको छ ।’

पुरस्कृत व्यक्तित्व कृष्णमुरारी गौतमले राज्यले समाजका ज्येष्ठ नागरिकको योग्यता क्षमतालाई मुलुकको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए । पोखरा वृद्धाश्रमका संस्थापक स्व ऋषिकेशव पराजुलीको स्मृतिमा प्रकाशित ‘आश्रय’ मुखपत्रको पनि लोकार्पण गरिएको सो समारोहमा वृद्धाश्रमका संस्थापक सदस्यलाई समेत सम्मान गरिएको थियो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार