Presidential

अन्तरघातिलाई कारबाही गर्न कांग्रेस कार्यालयमा उजुरीको ओइरो


अन्तरघातिलाई कारबाही गर्न कांग्रेस कार्यालयमा उजुरीको ओइरो

२८ भदौ । नेपाली कांग्रेसभित्र स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्नेहरुमाथि कारबाही गर्नुपर्ने माग प्रबल रुपमा उठ्दै गएको छ । खासगरी, केन्द्रीय संसद र प्रदेशसभाको निर्वाचनका आकांक्षीहरुलाई रोक्न एउटा समूहले अर्को समूहका नेतामाथि कारबाहीको माग गर्न थालेका छन् । जसको सुरुवात, नेताहरुको जिल्ला भनेर चिनिने नुवाकोटबाट सुरु भएको छ ।

स्थानीय तहको पहिलो चरणअन्तर्गत भएको नुवाकोटको बेलकोटगढी नगरपालिकाका कांगे्रसबाट प्रमुखसहित विभिन्न उम्मेदवारले स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाई जिल्ला सभापति जगदीश्वरनरसिंह केसीसहितलाई कारबाहीको माग गर्दैै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन् ।

बेलकोटगढीमा प्रमुखमा पराजित यादव नेपाल, उपप्रमुखका प्रत्याशी हिरा तिवारी शर्मासहितले जिल्ला सभापति तथा सांसद केसीलगायतले अन्तरघात गरेको जनाउँदै कारबाही गर्न केन्द्रीय कार्यालयमा सूची बुझाएका हुन् । केसीसहित जिल्ला सदस्य हिरा पाण्डे लामा, क्षेत्रीय सदस्य कृष्णप्रसाद पाण्डे, साविक बेलकोट गाविसका पार्टी सभापति बैकुण्ठ पाण्डे र साविक जिलिङ गाविसका पार्टी सभापति गोकुलप्रसाद दाहालले अन्तरघात गरेको आरोप लगाइएको छ ।

पूर्वजिल्ला सभापति तथा विदुर नगरपालिकाका प्रमुखका पराजित उम्मेदवार ध्रुव अधिकारीको नेतृत्वमा गएको अर्को टोलीले पनि केन्द्रीय कार्यालयमा अन्तरघात गर्नेको सूची बुझाई कारबाहीका लागि माग गरेको छ । उक्त सूचीमा जिल्ला सदस्य विन्दा अर्याल, नेता वासु सापकोटा, तारकेश्वर गाउँपालिकाका पार्टी संयोजक होमबहादुर तामाङ, पूर्वमहासमिति सदस्य मोहनबहादुर खड्कालगायत १९ नेता तथा कार्यकर्ताको नाम छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार