Presidential

कांग्रेस, माओवादी र मधेसी दलले सामाजिक सद्भाव बिथोलेः एमाले नेता ज्ञवाली


कांग्रेस, माओवादी र मधेसी दलले सामाजिक सद्भाव बिथोलेः एमाले नेता ज्ञवाली

२९ भदौ । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले कांग्रेस, माओवादी केन्द्र र मधेसी दलले प्रदेश नं. २ लाई सामाजिक सद्भाव बिथोल्ने प्रयोगस्थल बनाउन लागेको बताएका छन् । २ नम्बर प्रदेशको चुनावी अभियानका क्रममा राजविराज पुगेका सचिव ज्ञवालीले उक्त कुरा बताएका हुन् ।

सचिव ज्ञवालीले छवटा प्रदेशमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले पहिलो शक्ति बनेपछि डराएका कांग्रेस, माओवादी र मधेसी दलले योजनाबद्ध ढंगले एमालेलाई एक्ल्याउन लागिपरेको बताए । प्रदेश नं २ मा पटक पटक निर्वाचनको मिति सारेको प्रसंग उल्लेख गर्दै ज्ञवालीले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण योगदान दिन सक्ने उक्त प्रदेशलाई वर्तमान सरकार र सत्तासिन दलले नै दोस्रो दर्जाको रुपमा राखेको बताए ।

एमाले सचिव भीम आचार्यले सत्तारुढ दलले सरकारी रकमको व्यापक दुरुपयोग र आचारसंहिताको उल्लंघन गरिरहेको आरोप लगाउँदै मधेसमा पनि एमाले नै पहिलो शक्ति बन्ने बताए ।

‘काँग्रेस, माओवादी र मधेसी सबै मिलेर मधेसमा एमालेविरुद्ध भ्रम फैलाइरहेका छन् । त्यसलाई चिर्दै एमाले अघि बढेको छ’ आचार्यले बताए । एमालेका तर्पबाट राजविराज नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार क्रमशः सुखराम यादव र ममता चौधरीले एमालेले मात्र मधेसको हित गर्न सक्ने बताए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार