Presidential

आयल निगमका कार्यकारी निर्देशक खड्का पदमुक्त


आयल निगमका कार्यकारी निर्देशक खड्का पदमुक्त

२ असोज । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई सरकारले पदमुक्त गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका जानुभन्दा अघिल्लो दिन सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अनियमितताको आरोप झेलिरहेका कार्यकारी निर्देशक खड्कालाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

आयल निगमको जग्गा खरिद गर्दा अनियमितता गरेको आरोप कार्यकारी निर्देशक खड्कामाथि लाग्दै आएको छ । आपूर्ति मन्त्री शिवकुमार मण्डलले कार्यकारी निर्देशक खड्कालाई पदमुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकले पारित गरेपछि खड्का पदमुक्त भएका हुन् ।

निगमका कार्यकारी निर्देशक खड्कालाई सरकारले पदमुक्त गरे पनि साझा प्रकाशनमा अनियमितता गर्ने अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई भने त्यत्तिकै छाडिएको छ । सरकारले सय दिनको उपलव्धि बताउने क्रममा खड्का र शर्मालाई स्पष्टिकरण सोधेको र कारबाही गर्ने तयारीमा रहेको बताए पनि शर्मालाई भने कारबाही गर्न सरकार पछि हटेको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार