Presidential

पर्साको पटेर्वासुगौलीबाट एमालेले खोल्यो खाता


पर्साको पटेर्वासुगौलीबाट एमालेले खोल्यो खाता

३ असोज । स्थानीय तहको तेस्रो चरणअन्तर्गत २ नम्बर प्रदेशमा भएको निर्वाचनको मत परिणाम आउने क्रम धमाधम जारी रहेको छ । पछिल्लो समाचारअनुसार, पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा (एमाले)को समूह नै विजयी भएको छ ।

अबेर रातिदेखि सुरु भएको मतगणना बिहान सम्पन्न हुँदा वडाध्यक्षमा एमालेका अरमान मियाँ अन्सारीसहित पाँचै जना विजयी भएका छन् । अन्सारीले आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुलमान मियाँ दर्जीलाई १ सय ८५ मतान्तरले पराजित गरेको पटेर्वासुगौली गाउँपालिकाका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए ।

अन्सारीले ४ सय ९० र दर्जीले ३ सय ५ मत प्राप्त गरेका थिए । पटेर्वासुगौली गाउँपालिका वडा नं २ को मतगणना बिहान १० बजेदेखि शुरु भएको थियो । यसैबीच वीरगञ्ज महानगरपालिकाको मतगणना मंगलबार बिहान ११ः३० बजेदेखि वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा शुरु गर्ने सर्वदलीय सहमति भएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार