Presidential

पहिलो र दोस्रोमा भन्दा तेस्रो चरणको निर्वाचनमा खस्यो ३ प्रतिशत बढी मत


पहिलो र दोस्रोमा भन्दा तेस्रो चरणको निर्वाचनमा खस्यो ३ प्रतिशत बढी मत

पहिलो र दोस्रोमा ७४ र तेस्रोमा ७७ प्रतिशत मतदान

३ असोज । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा भन्दा तेस्रो चरणको निर्वाचनमा सबैभन्दा बढी मत खसेको छ । तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते सम्पन्न निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) मा प्राप्त विवरणअनुसार सप्तरीमा ७६.४ प्रतिशत, सिरहामा ७७.४ प्रतिशत, धनुषामा ७३.७ प्रतिशत, महोत्तरीमा ७३.३ प्रतिशत, सर्लाहीमा ७६.३ प्रतिशत, रौतहटमा ८०.४ प्रतिशत, बारामा ७९.४ प्रतिशत र पर्सामा ८०.१ प्रतिशत मतदान भएको थियो । निर्वाचनलगत्तै सोमबार साँझ भने आयोगले सो प्रदेशमा ७३ प्रतिशत मत खसेको जनाएको थियो ।

स्थानीय तहको पहिलो चरणअन्तर्गत ३, ४ र ६ नम्बर प्रदेशका २ सय २३ तहको निर्वाचनमा ७४ प्रतिशत मत खसेको थियो । यस्तै, दोस्रो चरणअन्तर्गत प्रदेश नं. १, ५ र ७ को ३ सय ३४ तहमा पनि ७४ प्रतिशत मत नै खसेको थियो ।

 

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार