Presidential

एमालेप्रति जनभरोसा बढेको छः एमाले महासचिव पोखरेल


एमालेप्रति जनभरोसा बढेको छः एमाले महासचिव पोखरेल

३ असोज । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकको विकास तथा आर्थिक समृद्धिका लागि जनताले आफ्नो दलको नेतृत्व खोजिरहेको बताएका छन् ।

काठमाडौंको टोखा नगरपालिकाअन्तर्गत वडा नं २ र ३ को एमालेको अधिवेशनको मंगलबार संयुक्त रुपमा उद्घाटन गर्दै नेता पोखरेलले विगतमा एमालेले राष्ट्रियताको पक्षमा लिएको अडान तथा जनजीविकाका लागि ल्याएका कार्यक्रमले पार्टीप्रति जनताको भरोसा रहेको बताए ।

पार्टीको दुवै वडाका इञ्चार्ज मनिराज डङ्गोलले स्थानीय संस्कृति, जात्रापर्व र सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न प्रत्येक वडा एकाइ क्रियाशील हुनुपर्ने बताए । वडा नं २ का प्रमुख विकास डङ्गोल र ३ का प्रमुख विशाल डङ्गोलले स्थानीय क्षेत्रमा पूर्वाधार निर्माण तथा विकासका कार्यमा सबै दलसँग सहकार्य र समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार