Presidential

रौतहटमा कांग्रेस कार्यकर्ताको कुटाइबाट राजपाका कार्यकर्ताको मृत्यु


रौतहटमा कांग्रेस कार्यकर्ताको कुटाइबाट राजपाका कार्यकर्ताको मृत्यु

५ असोज । रौतहटको कटहरिया नगरपालिकामा नेपाली काँग्रेस र राजपाका कार्यकर्ताबीच भएको झडपमा एक राजपा कार्यकर्ताको घटनास्थलमै मृृत्युु भएको छ । काँग्रेस कार्यकर्ताको कुुटाइबाट राजपा कार्यकर्ता ५० वर्षीय रामपुुकार यादवको मृत्युु भएको जनाइएको छ ।

बुुधबार साँझ कटहरिया मतगणनास्थलबाट फर्किने क्रममा काँग्रेस कार्यकर्ता र राजपाका कार्यकर्ताबीच भोट दिए नदिएको विषयमा भनाभन भएको थियो । सोही विषय लिएर राति करिब ९ बजे घर पुुगेर काँग्रेसका कार्यकर्ताले आक्रमण गरेपछि राजपा कार्यकर्ता यादवको टाउकामा गम्भीर चोट लागेको र उनको घटनास्थलमै मृत्युु भएको जनाइएको छ ।

मृतकको शव परीक्षणका लागि राति नै जिल्ला अस्पताल गौर पठाइएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले वडा नम्बर ८ का काँग्रेस उम्मेदवार गौरीशंकर यादवका १८ वर्षीय छोरो भुुटा यादव, अनुुठा यादव र बैजुु साहलाई उनीहरुको घरैबाट नियन्त्रणमा लिएको छ ।

वडाध्यक्षका उम्मेदवार गौरीशंकरसहित केही मानिस फरार रहेको जनाइएको छ । काँग्रेस कार्यकर्ता र अर्का एकजनाबीच भोटकै विषयलाई लिएर भएको झगडा छुुट्याउन गएका रामपुुकारमाथि काँग्रेस कार्यकर्ताले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्युु भएको जनाइएको छ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार