Presidential

पोल्याण्डमा पनि एमालेको संगठन विस्तार, अध्यक्षमा टंक कटुवाल निर्वाचित

पोल्याण्डमा पनि एमालेको संगठन विस्तार, अध्यक्षमा टंक कटुवाल निर्वाचित

१९ असार । नेकपा (एमाले) को भातृसंगठन नेपाली प्रवासी मञ्च पोल्याण्ड गठन भएको छ ।
एमालेका कृषि तथा भूमिसुधार विभागका सदस्य अग्नी पौडेल पोल्याण्ड पुगेकोबेला वार्सामा उनकै पहलमा प्रवासी मञ्च पोल्याण्ड गठन भएको हो।

लामो समय युरोप बसेर नेपाल फर्किएर पारिवारिक भेटघाट र ब्यबसायका क्रममा युरोप पुगेका पौडेलको पहलमा कमिटी बनेको हो ।

टंक कटुवालको अध्यक्षतामा १८ सदस्यीय तदर्थ कमिटी गठन भएको पौडेलले ‘भाइबर’ मार्फत जानकारी दिए । उनका अनुसार कमिटीको उपाध्यक्षहरुमा यज्ञ प्रसाई (युरोप प्रतिनिधी) ,ईश्वर देवकोटा, महासचिवमा लक्ष्मी भट्टराई, सचिव अक्षय रिजाल, कोषाध्यक्ष गाणेश थापा निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा कर्ण लिम्बु, धागीराम चौधरी,नवराज ढकाल, सुककुमार अधिकारी, अनिल राउत छन । सल्लाहाकार परिषदमा मोहन घिसिङ्ग,सन्तोष श्रेष्ठ, शैलेन्द्र गौचन , विनोद थापा , सुरेन्द्र प्रधान, केशव धिमिरे चयन भएका छन । तदर्थ समितिले आगामी बैठकमा पोल्याण्डमा रहेका नेपालीहरुको विशेष भेला भब्य रुपमा आयोजना गरी अधिवेशन गर्ने जानाएको छ ।

युरोप भ्रमणमा रहेका पौडेलले आफु त्यहाँ पुग्दा नेपालीहरुको कुनै पनि कमिटीहरु नरहेको र त्यहाँ रहेका नेपालीसंग छलफल गरी यस्ता कमिटी र संस्थाहरु आवश्य रहेको निष्कर्षसहित भेला आयोजना गरी कमिटी निर्माण गरेको जानकारी दिए ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार