Presidential

भियतनाम बसाईका क्रममा के–के गरे नेपालले ?

भियतनाम बसाईका क्रममा के–के गरे नेपालले ?

२२ असार । नेकपा (एमाले) का वरिष्ठ नेता तथा वैदेशिक मामिला विभाग माधवकुमार नेपाल स्वदेश फर्केका छन् । भियतनाममा आयोजित कम्युनिष्ट तथा वर्कर्स पार्टीहरुको अन्तराष्ट्रिय सम्मेलनको ‘वर्किङ्ग’ कमिटीको बैठकमा भाग लिई बुधबार थाइ एअरवेजको टीजी ३१९ बाट बैँङ्कक हुँदै नेपाल स्वदेश फर्किएका हुन् ।

भियतनाममा रहँदा उनले जुलाई २ (असार १८) मा भएको कम्युनिष्ट तथा वर्कर्स पार्टीहरुको अन्तराष्ट्रिय सम्मेलनको वर्किङ्ग कमिटीको बैठकमा भाग लिएका थिए । उनले सो बैठकमा एमालेका तर्फबाट सम्बोधन गरेका थिए । सोही क्रममा उनले भियतनाम कम्युनिष्ट पार्टी, त्यसका नेताहरु एवम् संसारका विभिन्न देशबाट आएका नेताहरुसँग द्विपक्षीय एवम् सामूहिक भेटवार्ता पनि गरेका थिए ।

भ्रमणका क्रममा उनले भियतनामको औद्योगिक क्षेत्र एवम हाइड्रोपावर परियोजनाहरुको अवलोकन गर्नुका साथै उक्त देशले अहिले हासिल गरिरहेको दोहोरो अंकको आर्थिक बृद्धिदर तथा विकासका सम्बन्धमा भियतनामी कम्युनिष्ट पार्टीका नेताहरुसँग छलफल समेत गरेका थिए ।
भियतनामबाट फर्किनेक्रममा उनी सिंङ्गापुरमा गोर्खा कन्टिन्जेन्स तथा नेपाली समुदायले आयोजना गरेका कार्यक्रमहरुमा प्रमुख अतिथिको रुपमा सरिक भएका थिए ।

1 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार