Presidential

मलेलियामा प्रबासी नेपाली मन्च बिस्तार


मलेलियामा प्रबासी नेपाली मन्च बिस्तार

२६ असार । प्रबासी नेपाली मन्च मलेसियाको नगरी सेम्बिलान राज्यको प्रथम भेलाले कमिटी बनाएको छ । प्रबासी नेपाली मन्च मलेसियाका उपाध्यक्ष रमेशप्रसाद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाले रुपन्देहीका कमल पोख्रेलको अध्यक्षतामा २३ सदस्यीय कमिटी सर्बसम्मत रूपमा चयन गरेको हो ।

उपाध्यक्ष आचार्यले दिएको जानकारी अनुसार, उक्त कमिटीको उपाध्यक्षमा सोमबहादुर सुनार (कास्की), सचिवमा( चिरञ्जीवी चापागाईं (स्याङ्जा), सहसचिवमा मुकुन्द संग्रौला (तेह्रथुम) र कोषाध्यक्षमा भीम लिम्बू (पाँचथर) रहेका छन् ।

यसैगरी सदस्यहरुमा भुपराज भुसाल (स्याङ्जा), नरेश तामाङ (धनुषा), होमबहादुर मगर (उदयपुर), दिपेश मगर (नवलपरासी), सुजन खड्का (काठमाडौं), इन्द्र महत (तनहुँ), राजेन्द्र राई (इलाम), रमेशचन्द्र पोख्रेल (चितवन), उपेन्द्र कुसुवार (बारा), श्रीकृष्ण गजुरेल (धादिङ), जीवन लावती (पाचथर), सिहवीर कार्की (तेह्रथुम), नरबहादुर बि क (उदयपुर), शिवकुमार चौधरी (रौतहट), नवराज भण्डारी (कैलाली), मनसुवा राम्दे (पाल्पा), प्रकाश खड्का (काठमाडौ) र रुपलाल केसी (सल्यान) छन् ।

सोमबहादुर सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मञ्चका केन्द्रीय सदस्य सन्दीप संग्रालाले पनि बोलेका थिए । कार्यक्रममा चिरञ्जीवी चापागाईंले स्वागत र हजेन्द्र संग्रौलाले सञ्चालन गरेका थिए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार