Presidential

१३ औँ पुण्यतिथिको सम्झनामाः निर्दयी काल जसले पूर्वको शिक्षाको ज्योती निभायो !

सञ्जिव कार्की

१३ औँ पुण्यतिथिको सम्झनामाः निर्दयी काल जसले पूर्वको शिक्षाको ज्योती निभायो !

२०३९ सालदेखि शिक्षाको ज्योति बालेर समाजमा अक्षरको उज्यालो बाड्ने एक होनहार कर्तव्य निष्ठा गुरु उद्धव बहादुर नेपालीलाई निर्दयी कालले असमयमा उठायो जो हृदयबिदारक र अत्यन्त दुखद छ । आफ्ना ससुरा बाको अन्त्यस्टिमा भाग लिएर शोकाकुल अवस्थामा फर्कदै गर्दा कालको रुप सन्जय कामीले चलाएको मोटरसाइकलले एया पनि भन्न नदिई ढाल्यो कहिल्यै नउठ्ने गरि । कस्तो दुखद संयोग ससुराबाको अन्तिम यात्रा नै आफ्नो स्वयं अन्तिम जिवन यात्रा रह्यो मोरङको लाटी खोला नजिकको राजमार्ग उद्दव नेपालीका लागि । मृत्युको रूपमा एउटा उद्धव नेपालीको शरीर ढल्यो तर हजारौं बिद्यार्र्थीको आस्थाको धरोहर ढल्यो , पूर्वाञ्चलको एउटा राजनीतिक, सामाजिक , दलित जातीय मुक्ति आन्दोलनको अग्रणि ढल्यो । अनि उनका दुई छोरा ,दुई छोरी र जीवन संगिनीले स्नेह र अभिभावक गुमाए । आफ्नो सपना र भरोसाबाट बन्चित हुन पुगे ।
२०१८ सालमा तेह्रथुमको हमरजुङमा हाल तेह्रथुमको छ्थर गाउँ पालिका हमर्जुङ २ बाबू डिकबिर दर्र्जी र आमा डिक कुमारी दर्र्जीका पुत्र रत्नको रूपमा यो धर्र्तीमा पहिलोपटक आँखा खोलेका थिए उद्दब नेपाली । पूर्वाञ्चलको राजनीतिक ,आर्थिक , सामाजिक र शैक्षिक जागरणको क्षेत्र धनकुटाको प्रभाव छिमेकी जिल्ला तेह्रथुममा पनि नपर्ने कुरा नै भएन । आफ्नो सन्तानलाई पढाउनु पर्छ भन्ने चेत यिनका बाबुमा पनि थियो । धनकुटा सदरमुकाम बाट नजिक हुनुको नाताले पनि तेह्रथुमको हमरजुङमा शैक्षिक जागरण र छोराछोरीलाई शिक्षा दिनुपर्ने चेत प्राय सबै समुदायको मान्छेमा थियो भन्ने एउटा बलियो उदाहरण हुन दलित उद्धव बहादुरको शैक्षिक उपलब्धी । गाउँकै शारदा प्रावी बाट प्राथमिक शिक्षा लिएका नेपालीले ३०३८ सालमा तेह्रथुम कै शारदा शिक्षा सदनबाट एस एल सी उत्तीर्ण गरि सोही विद्यालयमा शिक्षाको खेती गर्ने अवसर पाए । शिक्षण गर्ने क्रममा तत्कालीन कम्युनिस्ट पाटीको सम्पर्कमा रहेका नेपाली नजिकै रहेको धनकुटा बहुमुखी क्याम्पसमा आइ एडमा भर्ना भए र आफ्नो शिक्षालाई अगाडि बढाउँदै राजनीति शिक्षा र जातीय चेतनाको अभियानमा संलग्न रहे । सामान्य दलित परिवारको सदस्य उद्दव नेपाली विभिन्न आरोह अवरोह पार गर्दै अंग्रेजी विषयमा शिक्षा संकायबाट स्नातकोत्तर गर्न सफल भए । उनको सफलता विशेष शैक्षिक उन्नती तत्कालीन समय र अहिले पनि एउटा उदाहरणको रूपमा चर्चा हुनेगर्छ दलित समुदाय र गैर दलित समुदायमा । एउटा सामान्य दलित परिवारको पहाडी ठिटो आफ्नै बल , बुता र मेहनतले स्नातकोत्तर सम्म अध्ययन पूरा गर्नु अनि माध्यमिक बिद्यालयको प्र अ र क्याम्पसमा प्राध्यापन गर्नु, राजनीतिक चेतना बनेर समाजको अग्रणी बन्नु आफैमा एक बिद्रोह र उपलब्धी थियो । जो आज पनि हाम्रो समाज र देशको लागि बिरलै हुने उदाहरण हो , संघर्ष हो । पूर्वाञ्चल विशेष गरी तेह्रथुम र त्यसको आस पासमा रहेका हजारौं बिद्यार्र्थीलाई शिक्षाको उज्यालो देखाए उद्धव नेपालीले । २०४७ सालदेखि तेह्रथुमको बसन्तपुर मावी मा शिक्षण गर्न पुगेका हुन नेपाली । त्यो क्षेत्रको माध्यमिक शिक्षाको गन्तव्य हो वसन्तपुर ,जहाँ संखुवासभा , भोजपुर,ताप्लेजुङ र धनकुटा ,देखिका विद्यार्थी आफ्नो शैक्षिक भविष्य खोज्न आउथे र अझै आउछन । त्यही वसन्त माध्यमिक विद्यालयमा यिनले २०५८ देखि प्रधानाध्यापक बनेर नेतृत्व दिए । वसन्तपुर माध्यमिक विद्यालयलाई क्याम्पस बनाउन पनि उद्धव नेपालीले उत्कृष्ट योगदान पुर्याए । यस क्षेत्रमा एउटा असल शिक्षकको रूपमा यिनको चर्चा व्यापक छ । यिनको देहावसानको समयमा बसन्तपुरले भनौ समग्र तेह्रथुमले जुन पीडा र शोक महशुस ग–यो यति शोक यति धेरै मलामी तेह्रथुमको इतिहासमा यो पहिलोपटक हो भन्छ्न दलित सचेतना समाज तेह्रथुमका अध्यक्ष अनुभुति बम नेपाली । कुनै लोभ , कुनै ठुलो आकांक्षा भन्दा पर रहेर शिक्षा र सेवामा निरन्तर, अविच्चिन्न लाग्ने नेपाली दुर्लभ शैक्षिक अग्रणि हुन । आफू नेपाल राष्ट्रिय शिक्षक संगठनका आजिवन सदस्य र पुराना शिक्षक नेता भए पनि लाभको पद लिने र अरु कुनै पदको मोह गरेर आफ्नो कर्तव्यबाट च्युत बनेनन यी गुरु । आफू भन्दा कनिष्ठ र पछिका शिक्षक नेता र तिनको अरु आर्थिक लाभ र उन्नति अनि केन्द्रिय नेतृत्वमा स्थापित हुने अवस्थामा पनि यिनी आफू भने जस्तो थिए त्यस्तै रहे कुनै अतिरिक्त आर्थिक लाभ र ब्यक्तिगत उन्नति प्रगतिमा लागेनन । जे थियो जति थियो बाबुको पैत्रिक सम्पत्ति त्यो भन्दा पर यिनले केहि जोडेनन । जे कमाए जति कमाए सबै साथी भाई बसे खाए पिए रमाए । केही कसैबाट लिएनन जति थियो दिए सकाए । यो पंक्तिकार पनि झण्डै दुई वर्ष यिनको सानिध्यमा रहने अवसर पाएको मान्छे हो । केवल पठन , पाठन र समग्र शिक्षाको चिन्ता भन्दा पर परिवारको पनि त्यति चिन्ता लिएनन जति आफ्नो शैक्षिक स्थलको लिए ।
दलित सचेतना समाज तेह्रथुमका सचिव , जातिय मुक्ति समाज तेह्रथुमका अध्यक्ष , वसन्तपुर मा वि का प्र अ र तत्कालीन नेकपा एमाले जिल्ला सल्लाकार सदस्य यिनको संलग्नता र नेतृत्व पाएका सार्वजनिक सम्पत्ति हुन । शैक्षिक जागरण , राजनीति कार्यभार अनि जातीय चेतनाको शिखा सल्काएर यिनले त्यो क्षेत्रमा कति योगदान र कस्तो छाप र प्रभाव पारेका रहेछन भन्ने बुझ्न यिनको अन्तिम यात्रा काफी थियो । यिनका परिवार , आफन्त शोकाकुल हुनु स्वभाविकै हो । यिनकी जीवन संगिनी आफ्ना पिताको देहत्यागले गहिरो शोकमा नै थिइन यिनका छोराछोरी पनि मावली हजुरबुबाको मृत्युले पिडा ग्रस्त नै थिए नियतिको कस्तो क्रुर निर्णय शोकको श्रृखला नै दोहोरियो , हृदयविदारक अर्को वियोगको सामना गर्नु पर्यो उद्धव नेपालीका परिवारले । जुन कुरा सुन्दा मात्रै पनि धेरैको आंङ सिरिङ हुन्छ र आखाँको डिल भत्काएर परेली भिज्छ्न । जिन्दगीको नियमित आकस्मिता जो सहन गर्नुपर्ने बाध्यता परिवारजनलाई पर्यो । मृत्यु बियोग भन्दा कठिन पिडा र दुख के हुन्छ र आफ्ना बाबाको मृत्यु वियोगमा यिनका छोराछोरीको आँसु अनि आफ्ना पतिदेवको मृत्युु वियोगमा श्रीमतीको अरन्य रोदन मात्र थिएन त्याँहा त एउटा शिक्षाको जीवन अस्त हुदा पूर्वाञ्चल शोकमग्न भयो । पुरै प्रकृति बरखी बारेर रोइ रहे झै लाग्थ्यो उद्धव सरको शरीरमा अग्नि दाह पछि धुवाँले ढाक्दा । वसन्तपुरदेखि लम्बु खोलासम्मको हजारौंको लाम देख्दा लाग्थ्यो एउटा इतिहासको अन्त्य भएको हो । उद्धव नेपालीका परिवारको मान्छे मात्र हैन सिङ्गो तेह्रथुमको शैक्षिक, राजनीतिक र दलित अभियान टुहुरो भएको छ । समाजले नै एउटा असल पात्रको सेवा बाट आफू बन्चित भएको महशुस गरेको छु । तेह्रथुम बासीको अश्रु पुरित नेत्रले वसन्तमा मा वी को प्रांगण चिसिएको थियो जहाँ आफ्ना प्रिय अभिभावक , सहयात्रीको अनि असल गुरुको पार्थिव शरीर राखिएको स्थानमा भाव विव्हल मान्छेहरु देखेर कसैले पनि आफुलाई सजिलै समाल्न सकिरहेका थिएनन । उद्धव नेपालीका सहकर्मी सह पाठी यज्ञ खडका भन्छन । उद्धव नेपाली झै निष्ठा पूर्वक शिक्षामा समर्पित योग्य शिक्षकको अभाव सधैं खटकने छ । सदा स्मरणीय छ उनको योगदान ।
उद्धव नेपाली कि छोरी सरु आफ्ना बाबुप्रतिको समाजको स्नेह ,माया र सम्मानलाई बाबुले जिन्दगीभर आर्जेको कहिल्यै नसकिने, ननासिने र नमासिने सम्पत्ति र प्रेरणाको श्रोत भनेर पुकार्छिन ।
आफू अध्यारोमा नै बसेर , परिवार भन्दा ठुलो समाज , शिक्षा र सामाजिक रुपान्तरणमा समर्पित एक असल गुरु प्रति पंतिकारको पनि शब्द श्रद्धाञ्जली १ तेह्रथुम वसन्तपुर बसाईको क्रममा यहाँबाट प्राप्त निकटता र स्नेह श्रद्धा पूर्वक स्मृतिमा राख्नेछु । हार्दीक, हार्दीक श्रद्धाञ्जली ! उद्धव सर !

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार