Presidential

मलेसियामा प्रबासी नेपाली मन्चको क्षेत्रीय कमिटी गठन

मलेसियामा प्रबासी नेपाली मन्चको क्षेत्रीय कमिटी गठन

२ साउन । प्रबासी नेपाली मंच, मलेसियाले आफ्ना शाखा कमिटी गठनलाई तीब्रता दिएको छ। आइतबार मलेसियाको राजधानी क्वालालम्पुरको पुचोङमा निरज अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरिएको छ।

चितवनका बासिन्दा अधिकारीको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष शिशिर बुढाथोकी (म्याग्दी), सचिव ( कृष्णबहादुर गाहा (कपिलवस्तु), सहसचिव बिष्णु थामी (दोलखा) र कोषाध्यक्ष मंगलबहादुर राजवंशी (झापा) छन् ।

त्यसैगरी सदस्यहरुमा बिष्णु कुमाल (नुवाकोट), रुपक राई (पाँचथर), खिम बोहोरा (बाग्लुङ), हेमराज आचार्य (बाँके), जनक दंगाल (काठमाडौं) र सागर मगर (धादिङ) छन् ।

प्रबासी नेपाली मंच, मलेसियाको उपाध्यक्ष तथा जिफन्ट सपोर्ट ग्रुप मलेसियाका संयोजक बेदकुमार खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलामा मंचका उपाध्यक्ष जीवन देवान, महासचिव दयाराम कुमाल, केन्द्रीय सदस्य सन्दीप संग्रौला र रेवतीकुमार श्रेष्ठ उपस्थिति थियो । गङगु गिरीले अध्यक्षता र निरज अधिकारीले स्वागत गरेको कार्यक्रमको संचालन सन्दिप संग्रौलाले गरेका थिए ।

13 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार