Presidential

नेता नेपालको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी छैन् : प्रधानमन्त्री


नेता नेपालको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी छैन् : प्रधानमन्त्री

काठमाडौं, १८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी नभएको बताए । प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा रहेका बेला नेता नेपालले सरकारको कामप्रति संसदमै प्रश्न उठाएको विषयलाई लिएर सञ्चाकर्मीले सोधेको प्रश्नमा नेकपा अध्यक्षसमेत रहेका ओलीले सो कुरा बताएका हुन । नेता नेपालले संसदमा केके भने आफूलाई पूर्ण जानकारी नभएको बताउँदै उनले भने नेता नेपालसँग २९ सालदेखि मेरो मित्रता छ तपाईहरु ढुक्क हुनुस ।
सरकारले नराम्रो काम एउटा पनि गरेको र राम्रो गर्ने कोसिस गरेको प्रधानमन्त्री ओली बताए ।

अन्तर्राष्ट्रिय क्षेत्रमा पनि राम्रो काम गरेको भन्दै उनले भने, ‘भारतसँगको सम्बन्ध बेग्लै उचाइमा अगाडि बढाइएको छ । चीनसँग त्यसैगरी अगाडि बढाएको छ ।’ उनले अमेरिका तथा कोष्टारिका भ्रमण नेपालको हित प्रवर्धनमा फलदायी भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिएर स्वदेश फीर्ता भएका छन् । प्रधानमन्त्री ओली ३ बजेर ५८ मिनेट जाँदा विमानस्थलमा अवतरण गरेका हुन्। महासभाको बैठकसगै प्रधानमन्त्री ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण समेत गरेका थिए ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रमुख सल्लाहकार विष्णु रिमाल, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीको सहभागिता थियो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार