Presidential

म्यान्माको शान्ति प्रक्रियामा सहयोग गर्न नेपाल तत्पर


म्यान्माको शान्ति प्रक्रियामा सहयोग गर्न नेपाल तत्पर

काठमाडौँ, १९ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले म्यान्माको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन नेपाल तत्पर रहेको विश्वास दिलाएका छन्।

उनले भने, “नेपालको आफ्नै मौलिकतामा सम्पन्न शान्ति प्रक्रिया विश्वका लागि नमूना हो ।” नेपालको शान्ति प्रक्रियाको अध्ययन गर्न आएको म्यानमारको ‘ज्वाइन्ट मनिटरिङ कमिटी युनियन लेभल अन सिजफाइर’को टोलीसँग आज परराष्ट्र मन्त्रालयमा अन्तक्र्रिया गर्नुहुँदै मन्त्री ज्ञवालीले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन खेलेको भूमिकाको समेत स्मरण गरे ।

प्रतिनिधिमण्डलको प्रश्नको उत्तरमा मन्त्री ज्ञवालीले नेपालको शान्ति प्रक्रियामा बृहत् शान्ति सम्झौताको आधारमा अगाडि बढेको र त्यसका विभिन्न चार आयाम रहेको बताए ।

हरेक द्वन्द्वका विशेष कारण हुने भएकाले समाधान पनि विशेष तरिकाले नै हुने स्पष्ट पार्नुभयो । म्यान्माको ‘ज्वाइन्ट मनिटरिङ कमिटी युनियन लेभल अन सिजफाइर’का प्रमुख लेफ्टििनेन्ट जर्नेल यर प्याइले नेपालको शान्ति प्रक्रिया के कसरी सफल भयो, त्यसबाट आफूहरुले के कस्तो ज्ञान लिन सकिन्छ भन्नेबारेमा मन्त्री ज्ञवालीसँग जिज्ञासा राख्नुभएको थियो ।

उनले नेपालको शान्ति प्रक्रिया आफूहरुका लागिसमेत सन्दर्भ सामग्री हुनसक्ने बताएका थिए । सो कार्यक्रममा परराष्ट्र मन्त्रालयका अधिकारी, नेपालका लागि म्यान्माका राजदूतलगायतको सहभागिता थियो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार