Presidential

आज ३८ औं पुष्पलाल स्मृति दिवस

आज ३८ औं पुष्पलाल स्मृति दिवस

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३८औं स्मृति दिवस आज मनाइँदैछ।  उनको जन्म विसं १९८१ असार १५ गते पूर्व २ नं रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो।

विसं १९९७ मा राणाशासन विरुद्धको आन्दोलनमा आफ्ना दाजु गङ्गालाल श्रेष्ठलाई गोली हानी हत्या गरिएपछि उनी राणाविरोधी आन्दोलनमा सक्रिय हुँदै २००६ सालमा भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्दै संस्थापक महासचिवसमेत भएका थिए। श्रेष्ठको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारको क्रममा मृत्यु भएको थियो।

नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् । व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिएनन्।

नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहेका थिए । नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक सङ्घर्ष, सामाजिक मुक्ति एवम् राष्ट्रिय स्वाधीनताको आन्दोलनमा नेता पुष्पलालका योगदान अविस्मरणीय छ ।

यसैबीच नेकपा एमालेका अध्यक्ष केपी ओलीले जारी गरेको विज्ञप्तिमा पुष्पलालप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै उनको प्रेरणादायी काम र व्यवहारबाट सिक्दै देश, जनता र पार्टी हित एवम् अग्रगतिका निम्ति क्रिायाशील रहन आह्वान गरेका छन्। उनले पुष्पलालको स्मृति दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइने जानकारी पनि दिए।

३८औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा
जारी विशेष वक्तव्य

आज साउन ७ गते ३८औं स्मृति दिवसका सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव, नेपालको लोकतान्त्रिक आन्दोलनका सम्मानित धरोहर एवम् संयुक्त जनआन्दोलनका प्रणेता आदरणीय पुष्पलालप्रति सिंगो पार्टीको तर्फबाट उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक संघर्ष, सामाजिक मुक्ति एवम् राष्ट्रिय स्वाधीनताको आन्दोलनमा नेता पुष्पलालका योगदानहरु अविस्मरणीय छन् । वि.सं.२००५ मा विश्व प्रसिद्ध कम्युनिष्ट घोषणापत्रको नेपाली अनुवादमार्फत् नेपालमा माक्र्सवादी विचारधाराको विधिवत् आरम्भ गर्नुभएका पुष्पलालले सहयोद्धाहरुस“ग मिलेर २००६ साल वैशाख (अप्रिल १९४९) मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीको स्थापनास“गै नेपालको लोकतान्त्रिक आन्दोलनले सामन्तवाद साम्राज्यवादविरोधी स्पष्ट राजनीतिक दिशा र समाजवादको सुस्पष्ट गन्तव्य हासिल ग¥यो, नेपाली श्रमजीवी जनताले मुक्तिका लागि संघर्षमा वैचारिक मार्गदर्शन र नेतृत्वदायी पार्टी प्राप्त गरे । संस्थापक महासचिव पुष्पलालले स्थापना गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी संघर्ष र बलिदानका ६७ बर्ष पार गर्दै आज राष्ट्रकै मुख्य राजनीतिक शक्तिका रुपमा स्थापित हुन सफल भएको छ र राज्यको नेतृत्व गरिरहेको छ ।

आदरणीय पुष्पलाल राजतन्त्रविरोधी आन्दोलनको अविश्रान्त योद्धा हुनुहुन्थ्यो । सामन्तवाद र यसको प्रतिनिधि संस्था राजतन्त्रलाई पूर्णरुपमा समाप्त नपारुञ्जेल जनताको वास्तविक मुक्ति सम्भव छैन भन्ने सुसंगत मान्यताका साथ उहा“ जीवनभरि राजतन्त्रका विरुद्ध सम्झौताहीन संघर्षमा समर्पित हुनुभयो । नेपाली राजनीतिमा देखा परेका पलायन, आत्मसमर्पण र सम्झौतावादी चिन्तन व्यवहारले उहा“लाई कहिल्यै विचलित बनाएन । व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बा“च्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उहा“ले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिनुभएन । गणतान्त्रिक आन्दोलनका अत्यन्त सम्मानित धरोहरका रुपमा उहा“ हामी सबैका प्रेरणास्रोत हुनुहुन्छ । उहा“लगायत अग्रजहरुको प्रेरणा र नेपाली जनताको बलिदानी संघर्षको फलःस्वरुप आज नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ र सार्वभौम संविधानसभाबाट नेपालको संविधान घोषणा भई लोकतन्त्र र अधिकार प्राप्तिको आन्दोलनले निर्णायक सफलता हासिल गरेको छ ।

आदरणीय पुष्पलाल संयुक्त जनआन्दोलनका प्रणेता हुनुहुन्थ्यो । राजतन्त्रको अन्त्य र लोकतन्त्र प्राप्तिका लागि सबै लोकतान्त्रिक शक्तिहरु संयुक्त आन्दोलनको बाटोमा अगाडि बढ्नुपर्ने उहा“को दूरदर्शितापूर्ण प्रस्तावकै आधारमा २०४६ सालको संयुक्त जनआन्दोलन सफल भएको थियो । लोकतान्त्रिक शक्तिहरुबीचको अस्वस्थ प्रतिस्पर्धा र विभाजनका कारण उक्त उपलब्धि संस्थागत हुन नसकी गुमेर मुलुक फेरि प्रतिगमनको बाटोमा गयो । तर हामीले फेरि संयुक्त जनआन्दोलनको त्यही मर्मलाई पुनः आत्मसात गरेर २०६२÷६३ को परिवर्तन सम्भव तुल्यायौं, मुलुकमा गणतन्त्र स्थापना गर्न सफल भयौं र नेपालको संविधान घोषणा गरेर नया“ युगको आरम्भ गर्न सकेका छौं । परिवर्तनका हरेक मोडहरुमा पुष्पलालका विचारहरुले मार्गदर्शन गरिरहेकै छ ।

नेपालको संविधान घोषणास“गै लोकतान्त्रिक आन्दोलनको एउटा चरण पूरा भएको छ । संविधानको प्रभावकारी कार्यान्वयनका माध्यमबाट लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको लोकतन्त्र, समावेशी र संघीय शासन प्रणाली जस्ता उपलब्धिहरुलाई सुदृढ गर्नु र सुखी जनता र समृद्ध राष्ट्र निर्माणको लक्ष्य हासिल गर्नु यतिबेलाको सबैभन्दा महत्वपूर्ण र साझा राष्ट्रिय दायित्व हो । संविधानमार्फत् हामीले हासिल गरेका उपलव्धिहरु अझै जोखिमरहित भइसकेका छैनन् र गएको केही समययता हामीले हासिल गरेको राष्ट्रिय स्वाभिमान, स्वतन्त्र आत्मनिर्णयको अधिकार र नेपालको सार्वभौम हैसियतलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता विद्यमान छ । यस्तो विशेष राष्ट्रिय राजनीतिक परिस्थितिमा आदरणीय पुष्पलालका विचारहरु र संयुक्त जनआन्दोलनको अवधारणाको सान्दर्भिकता अझ टड्कारो भएको छ ।

पछिल्ला केही दिनयता घटित घटनाहरुबाट सिंगो मुलुक र लोकतन्त्रका पक्षधर जनता चिन्तित र गम्भीर भएका छन् । संविधानको कार्यान्वयनका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बेलामा रहस्यपूर्ण ढङ्गले सुरु भएका अस्वस्थ घटनाक्रमहरुले मुलुकमा राजनीतिक अस्थिरता वृद्धि गर्ने, राष्ट्र र जनताको आधारभूत हितमा आ“च पु¥याउने र अन्ततोगत्वा मुलुकलाई पछाडि धकेल्ने जोखिम उत्पन्न गरेका छन् । संकीर्ण दलीय या व्यक्तिगत स्वार्थप्रेरित कदमले राष्ट्रलाई दूरगामी नकारात्मक असर पु¥याउन सक्ने यथार्थप्रति गम्भीर हुन र लोकतान्त्रिक शक्तिहरुबीचको एकतालाई कमजोर गर्ने गतिविधि नगर्न म सम्बद्ध सबैलाई हार्दिक आह्वान गर्दछु ।

३८औं स्मृति दिवसको सन्दर्भमा फेरि एकपटक नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालप्रति हार्दिक श्रद्धासूमन अर्पण गर्दछु र सिंगो पार्टीको तर्फबाट उहा“ले आरम्भ गर्नुभएको कम्युनिष्ट आन्दोलनलाई अझ सुदृढ र सबल बनाउ“दै कम्युनिष्ट पार्टीलाई बहुमतप्राप्त पहिलो शक्ति बनाउने, नेपालको संविधानको रक्षा र कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेल्ने, राष्ट्र र जनताको आधारभूत हितका पक्षमा अग्रिम स्थानमा रहेर योगदान गर्ने र छोटो समयभित्रै कमरेड पुष्पलालले देख्नुभएको न्यायपूर्ण र समृद्ध नेपाल निर्माणको लक्ष्य हासिल गरिछाड्ने संकल्प गर्दछु ।

केपी शर्मा ओली
अध्यक्ष

4 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार