Presidential

प्रधानमन्त्री निवास अगाडि विवेकशीलको प्रदर्शन


प्रधानमन्त्री निवास अगाडि विवेकशीलको प्रदर्शन

काठमाडौ, २ वैशाख । प्रधानमन्त्री निवासको जग्गा व्यक्तिको नाममा बिक्री गरिएको विरोधमा रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ । १ घण्टा गरिएको प्रदर्शनमा प्रधानमन्त्री निवासको जग्गा नै गम्भीर अपचलनमा परेको समाचार बाहिर आएपछि सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवास अगाडि विरोध प्रदर्शन गर्नु परेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए ।
प्रधानमन्त्री निवासको जग्गा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले किनेको तथ्य बाहिरीएपछि विवेकशील साझा पार्टीले त्यसको विरोधमा सडक प्रदर्शन सुरु गरेको हो । प्रदर्शनमा ‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान, होसियार’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’, ‘नेताहरुको सम्पत्ति छानवीन गर’, ‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ’ । लेखिएको प्ले काड बोकेका थिए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार