Presidential

भ्रमण वर्ष–२०२० को शन्देश दिन तीन देशका महिलाले सगरमाथा आरोहण गर्ने


भ्रमण वर्ष–२०२० को शन्देश दिन तीन देशका महिलाले सगरमाथा आरोहण गर्ने

काठमाडौँ, २ वैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथाबाट ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सन्देश प्रवाह गरिने भएको छ । नेपालको आरोहण इतिहासमै पहिलो पटक नेपाल, भारत र चीनका तीन महिला आरोहीले भ्रमण वर्षको सन्देशसहित सगरमाथा आरोहण गर्न लागेका हुन् ।

नेपालकी कान्छिमाया तामाङ, भारतकी कल्पना दास र चीनका लियामु मालगायतको आरोही समूहले वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्न लागेको भ्रमण वर्ष सचिवालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

भ्रमण वर्षका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले सगरमाथाबाट भ्रमण वर्षको सन्देशलाई विश्वभर फैलाएर बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने उद्देश्यले भ्रमण वर्षको झण्डासहित आरोहण हुन लागेको बताउनुभयो ।

आरोहण इतिहासमै पर्यटकीय महत्वका छिमेकी मुलुक भारत र चीनसहित संयुक्त आरोहणले विश्व पर्यटन बजारमा सकारात्मक सन्देश प्रवाह हुने उहाँले उल्लेख गर्नुभयो । महिला सशक्तीकरण, विश्व शान्ति र सद्भाव अभिवृद्धि गर्न आरोहण उपयोगी हुनेछ ।

संयुक्त महिला आरोहणको संयोजन सगरमाथाको १८ पटक आरोहण गरेका कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पाले गर्नुहुनेछ । शेर्पा ‘नेपाल टुरिजम इयर २०११’ को सद्भावना दूत पनि हुनुहुन्थ्यो ।

आरोही तामाङ्ले सन् २०१७ र २०१८ मा सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँ प्रथम तामाङ महिला सगरमाथा आरोही पनि हुनुहुन्छ । विभिन्न सामाजिक गतिविधिमा संलग्न तामाङ सन् २०१७ देखि युएन वोमनको सद्भावना दूत हुनुहुन्छ । त्यस्तै, भारतीय र चिनीया आरोहीले पनि विश्वका विभिन्न अग्ला हिमाल आरोहण गरेको बताइन्छ ।

दासले नेपाल, भारत, युरोप, साउथ अमेरिका र अष्ट्रेलियाको हिमाल आरोहणको अनुभव छ । उहाँले सन् २००८ मा सगरमाथा आरोहण गर्नुभएको थियो । चिनियाँ आरोही माले सगरमाथा, मनास्लु, लुबुचेलगायत हिमाल आरोहण गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षरित भ्रमण वर्षको लोगोसहितको झण्डा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले आरोही समूहलाई हस्तान्तरण गर्नुभयो । यो आरोहणबाट साहसिक पर्यटनका लागि नेपाल उपयुक्त गन्तव्य हो र त्यसका लागि नारी सक्षम छन् भन्ने सन्देश दिने विश्वास लिइएको छ ।

सो अवसरमा सचिव सापकोटाले भ्रमण वर्षको सन्देशसहितको आरोहणले नेपालको पर्यटनलाई विश्वमा प्रवद्र्धन

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार