Presidential

एसिड आक्रमणबाट घाइते जेनीको अवस्था गम्भीर


एसिड आक्रमणबाट घाइते जेनीको अवस्था गम्भीर

जेठी श्रीमती भएका भुजेलसँग बस्न नमान्दा एसिड प्रहार

काठमाडौ, २ जेठ । बुधबार साँझ एसिड प्रहारबाट २० वर्षीया जेनी खड्का गम्भीर घाइते भएकी छिन। एसिडले जेनीको शरीरको विभिन्न भागहरु जलेको छ । उनको अहिले किर्तिपुरस्थित फेक्ट अस्पताल उपचार भइरहेको छ ।
जेनीलाई एसिड हानेको अभियोगमा प्रहरीले घटनाको दुई घण्टामै २७ वर्षीय विष्णु भुजेल पक्राउ परे । प्रहरी अनुसन्धानका क्रममा उनी जेनीकै श्रीमान भएको खुल्न आयो । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भुजेललाई काँडाघारी सनसिटी अपार्टमेन्ट नजिकैबाट पक्राउ गरेको हो ।

श्रीमतीलाई कालोपुलमा एसिड प्रहारपछि उनी काँडाघारी स्थित भट्टीमा मदिरा सेवन गर्न पुगेका थिए ।
झुक्याएर विवाह गरेका भुजेलकी जेठी श्रीमती भएको थाहा पाएपछि खड्का माइतमा नै बस्दै आइकी थिइन । उनका एक छोरा पनि भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बेला–बेला भुजेलले जेनीलाई आफूसँग बस्न आग्रह गरेपनि जेनीले नमानेपछि कुनै पनि बेला मारिदिने धम्की दिने गरेका थिए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार