Presidential

लुम्बिनीमा आङछिरिङ शेर्पा गुम्बाको स्थापना हुने


लुम्बिनीमा आङछिरिङ शेर्पा गुम्बाको स्थापना हुने

लुम्विनी,४ जेठ । स्वर्गीय व्यवसायी आङछिरिङ शेर्पाको नाममा लुम्विनीमा गुम्बा बन्ने भएको छ । शेर्पाको परिवारले भिक्षुलाई ध्यान गर्न र आवासको समेत व्यवस्था हुने गरी शेर्पाको नाममा आधुनिक गोन्पा निर्माण गर्न लागेको हो । लुम्विनी क्षेत्रको पर्यटन विकासमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको परिवारले ५ करोड लगानी गर्ने जनाएका छन् ।

१४ रोपनी क्षेत्रमा निर्माण गरिने गोन्पा भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शिलान्यास गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको हवाइ, होटल र पर्यटन क्षेत्रमा शेर्पाको अतुलनीय योगदान रहेको बताए ।गोन्पामा भिक्षुलाई ध्यान गर्न पाउने, आगन्तुक भिक्षु र दशनार्थीका लागि आवासको समेत व्यवस्था हुने गरी निर्माण थालिएको निर्माण समितिका संयोजक लाक्पा सोनाम शेर्पाले जानकारी दिए ।

यति एयरलाइन्सका निर्देशक समेत रहेका शेर्पाको गत २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथिभरा मन्दिरको दर्शन गरी र्फकने क्रममा हेलिकप्टर दुर्घटनामा परी मृत्यू भएको थियो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार