Presidential

प्रधानमन्त्री ओली स्वदेश फिर्ता


प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भारतिय समकक्षी नरेन्द्र मोदीको सपथ कार्यक्रममा भाग लिएर स्वदेश फर्किनु भएको छ । बिहीबार नयाँ दिल्ली पुग्नु भएका प्रधानमन्त्री ओली आज अपरान्ह स्वदेश फर्कनु भएको हो । उहालाई सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलसहितका उच्च सरकारी अधिकारीले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्रसचिव शंकरदास बैरागी र परराष्ट्रको दक्षिण एसिया डिभिजन प्रमुख यज्ञ हमाल दिल्ली जानु भएको थियो । यो भ्रमण औपचारिक नभएकाले विमानस्थलमा पत्रकार सम्मेलन नगरिएको बताइएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार