Presidential

लघुवित्त संस्थाले अटेर गरे राष्ट्र बैकले फोर्स मर्जर गराउँछ:गभर्नर नेपाल


लघुवित्त संस्थाले अटेर गरे राष्ट्र बैकले फोर्स मर्जर गराउँछ:गभर्नर नेपाल

काठमाडौं, ३१ जेठ । नेपाल राष्ट्र बैङ्कका गभर्नर चिरञ्जीवी नेपालले लघुवित्त संस्थाले मर्जरमा अटेर गरे राष्ट्र बैङ्कले फोर्स मर्जर गराउने बताएका छन् ।

शुक्रबार काठमाडौमा भएको लघुवित्त संस्थाको मर्जर आवश्यकता अन्त्तरक्रिया कार्यक्रममा गभर्नर नेपालले लघुवित्त संस्थाको सङ्ख्या धेरै भएको र त्यसले विकृति ल्याएको भन्दै तत्काल मर्जरमा जान एकमहिने समयसिमा तोकेको बताए ।

वित्तीय पहुँच पनि बढाउन नसक्ने र विकृति मात्रै भित्र्याउन अग्रसर लघुवित्तले तत्काल मर्जर नीतिलाई अघि बढाउन निर्देशन दिदै नेपालले भने ‘तपाईंहरुले स्वैच्छिक मर्जर नीति अवलम्बन गर्नुभएन भने राष्ट्र बैङ्कले फोर्स मर्जर गराउँछ ।

कार्यक्रममा गभर्नर नेपालले लघुवित्त संस्थामा संस्थागत सुशासन कमजोर रहेकाले कर्जाको गुणस्तर खस्किँदै गएको र एउटै व्यक्तिले धेरै संस्थाबाट ऋण लिने प्रवृत्ति मौलाएको बताए । ‘लघुवित्त संस्था वाणिज्य बैङ्कभन्दा फरक देखिएनन्,’ उनले भने, ‘अहिले देखिएको विकृति रोक्न मर्जर अत्यावश्यक भइसक्यो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार