Presidential

हुम्ला जीप दुर्घटना: अझै भेटिएनन बेपत्ता


हुम्ला जीप दुर्घटना: अझै भेटिएनन बेपत्ता

हुम्ला, ४ असार । हुम्लाको खार्पूनाथ गाउँपालिका ५ मा मङ्गलवार दिउँसो भएको जिप दुर्घटनामा बेपत्ता भएका यात्रु अझै भेटिएका छैनन् । यात्रुको खोजीका लागि विशेष गोताखोर टोली घटनास्थल पुगेर काम थालेको छ । सशस्त्र प्रहरीको गोताखोर टोली आज काठमाडौँबाट सुर्खेत हुँदै घटनास्थल पुगेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।घटनास्थल पुगेको विशेष गोताखोरको टोलीले घटनास्थलमा खोजविनको काम थालेको प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । हिजो नेपाली सेनाका उपलब्ध गोताखोर नदीको पानी धमिलो भएपछि उद्धारबाट फर्किएका थिए ।

घटनास्थलमा रहेका प्रहरी निरीक्षक सिंहले यात्रु र जिपको खोजीका लागि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जुटेका जानकारी दिए। हिजो गोताखोरको टोलीले नदी किनारबाट सिसाका टुक्रा मात्र फेला पारेको थियो ।मङ्गलवार दिउँसो १ बजे लु १ ज ७१६६ नम्बरको जिप कर्णाली नदीमा दुर्घटनामा हुँदा खार्पूनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु शाही हमाल, उनका भाइ चन्द्र हमाल, गाडी चालक मणिजंग शाही, ढुक्कु भण्डारी भनिने नैनसिंह भण्डारी, बसन्ती शाही, नन्ददेवी सिंह, गोकुल सुनार, कैडा परियार र उनका २ वर्षीय छोरा बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार