Presidential

एक्लै सादा पोषाकमा हिडेका प्रहरी जवान राईलाई लखेटेर गोली हानियो


एक्लै सादा पोषाकमा हिडेका प्रहरी जवान राईलाई लखेटेर गोली हानियो

भोजपुर, २५ असार । विप्लव समुहसँगको दोहोरो भिडन्तमा मारिएका भनिएका प्रहरी जवान सन्जिव राईलाई लखेटेर
गोली हानेको बताईएको छ । उनलाई विप्लव समूहका कार्यकर्ताले लखेटेर होटलभित्र पुर्‍याएपछि गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बुधबार विहान हटिया क्षेत्रमा विप्लवका ओखलढुंगा इन्चार्ज नीरकुमार राईको समूहले लखटपछि सादा पोशाकमा एक्लै हिडिरहेका प्रहरी जवान राई ज्यान बचाउन पानधारे होटलभित्र छिरेका थिए ।उनलाई त्यही होटलभित्र गोली हानेको प्रत्यक्षदर्शीले बताए । गोलीको आवाज सुनेर पुगेको प्रहरीको विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि गोली हानेपछि गस्तीमा रहेको टोलीले जवाफी कारबाही गर्दा नीरकुमारको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा प्रहरीतर्फ जवान सोम भट्टराई घाइते भएको प्रहरीले जनाएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार