Presidential

दूतावासको पत्रबारे जानकारी नदिनेलाई कारवाही हुन्छ: प्रधानमन्त्री ओली


दूतावासको पत्रबारे जानकारी नदिनेलाई कारवाही हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले दुतावासको पत्रवारे आफुलाई समयमै जानकारी नदिनेलाई कार्वाही गर्ने बताएका छन् । बिहीबार काठमाडौमा भएको ‘संविधानको कार्यान्वयन र प्रशासनिक पुनर्संरचना’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट आउने तरकारी र फलफूलको विषादी सीमा नाकामा परीक्षण नगर्न भरतीय दूतावासले लेखेको पत्रबारे समयमै आफूलाई जानकारी नदिनेको खोजी खोजी कारवाही गर्ने चेतावनी दिएका हुन् ।

ओलीले भने, विषादी परीक्षण नगर्न भारतीय दूतावासले पत्र लेखेको रहेछ, त्यसवारे मलाई केही जानकारी दिईएन । आफुले बोलीहाले,अहिले त्यस कुराले लजित भए । के नियतले यसो गरे त्यसको वारेमा भुलचुक र नियतबस के हो रु त्यो म बुझ्दैछुु । खोज्दैछु । त्यसपछि के गर्नुपर्ने हो गर्न तयार छु ।

भारतीय दूतावासले पत्र नै पठाएर नाकामा विषादी परीक्षण गर्ने निर्णयवाट सरकार पछि हट्न लागेको समाचार आएपछि प्रधानमन्त्री ओलीले त्यसको खण्डन गर्दै ‘कहाँ छ पत्र रु कसले पठायो पत्र रु’ भन्दै प्रतिवाद गरेका थिए प्रधानमन्त्री यस्तो बताएको २ दिनपछि दूतावासको पत्र सार्वजनिक भएको थियो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार