Presidential

पाइपलाइनमार्फट नेपालमा पेट्रोलियम पदार्थ आउन शुरु


पाइपलाइनमार्फट नेपालमा पेट्रोलियम पदार्थ आउन शुरु

काठमाडौं, २ साउन । भारतबाट पाइपलाइनमार्फट नेपालमा पेट्रोलियम पदार्थ ल्याउन सुरु गरिएको छ ।

भारतीय आयल कर्पोरेसन ९आइओसी०को अनुदान सहयोगमा निर्माण भएको पाइपलाइनको सबै परीक्षण सकिएपछि बुधबारबाट डिजेल पठाउन सुरु गरिएको हो ।

बुधबार दिउँसो २ बजे आइओसीको मोतिहारी डिपोबाट डिजेल छाडिएको छ । बुधबार छाडेको डिजेल १८ घन्टापछि बिहीबार साँझ ६ बजे नेपाल आयल निगमको बारास्थित अमलेखगन्ज डिपोमा आइपुग्ने निगमको अमलेखगन्जस्थित डिपो प्रमुख प्रदीप यादवले बताए ।

पाइपको तेल भण्डारण गर्न अमलेगखन्जको डिपोमा चारवटा ट्यांकी तयार छन् । ती ट्यांकीसम्म तेल लैजान पाइप पनि फिटिङ भइसकेको उनले जानकारी दिए । तर, पटना–मोतिहारी १ सय ९९ किलोमिटर पाइप पानीले सफा गरेर मात्रै डिजेल छाडिएकाले त्यसलाई शुद्धिकरण गरेर मात्रै खन्याइने भएको छ ।

पानी मिसएको पेट्रोलको शुद्धिकरणसँगै यसको औपचारिक उद्घाटन गरेर अमलेखगन्ज डिपोमा नखन्याइने डिपो प्रमुख यादवले बताए । उद्घाटनको तयारीसमेत सुरु भएको छ । प्रधानमन्त्री केपीशर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गराउने तयारी भएको छ ।

नेपालको लाइफ लाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७०।२ किलोमिटर लम्बाइको सो पाइप लाइन बिछ्याउने काम सकिएसँगै पानीको प्रेसर पठाएर परिक्षण गरिएको थियो । यसको सफलतासँगै बुधबार डिजेल पठाइएको हो ।

मोतीहारी–अमलेखगन्ज रुटमा ६९।९ किलोमिटरसम्म पाइप बिछ्याइएको छ । भारततर्फ मोतीहारीदेखि रक्सोलसम्म ३२।६५ किलोमिटर छ ।

नेपालतर्फ रक्सोलदेखि अमलेखगन्जसम्म ३७।२५ किलोमिटर पाइप बिछ्याइएको छ । यसमध्ये पछिल्लो समय पथलैयादेखि अमलेखगन्जसम्मको ९ किलोमिटर खण्डमा जंगलको बीचैबीच पाइप बिछ्याइएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार