Presidential

अमरेशको २५ हजार दिने घोषणापछि गायक खरेलको आपत्ती, सांसदलाई गीतमा होइन विकासमा ध्यान दिन आग्रह


अमरेशको २५ हजार दिने घोषणापछि गायक खरेलको आपत्ती, सांसदलाई गीतमा होइन विकासमा ध्यान दिन आग्रह

काठमाडौ, ६ फागुन । चर्चित गायक प्रमोद खरेलले सत्ता पक्ष र प्रतिपक्षले लोक गायक पशुपति शर्माको गीतमाथि राजनीति गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा काँग्रेस सांसद अमरेश कुमार सिंहले गायक शर्माले गाएको गीतलाई सरकारले प्रतिबन्ध लगाएको आरोप लगाउँदै शर्मालाई आफ्नो फागुन महिनाको तलबबाट २५ हजार रूपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए ।

यसरी एउटा कलाकारको गीतलाई लिएर नेताहरुबीच नै जुहारी चलेपछि गायक खरेलले काम गर्न अनुरोध गर्दै गीतमाथि राजनीति नगर्ने सुझाएका हुन् ।
खरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पशुपति शर्मालाई २५००० दिने प्रतिपक्षी सांसद र प्रतिउत्तरमा १ महिनाको तलब दिने सत्ताधारी सांसदलाई अनुरोध‬–‪त्यो पैसा आफ्नो क्षेत्रका विकासमा थप्नुस् , जनताका लागि काम गर्नुस् ताकी फेरि फेरि यस्ता गीत बन्न नपरोस् । कर्म गर्नुस्, गीत माथि राजनिती नगर्नुस् ।’

 

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार